“भुईचम्पा”

विष्णु पौडेल 'निरिस'

उ रंगिन शहरका
चिल्ला फूलहरूभन्दा अलग थिई
सधैं जमिनमा हिँड्ने
तर आँखामा आकाश राख्ने
भुईचम्पा ।
न गमलामा कैद
न ग्रीनहाउसमा हुर्केकी
जमिनमै उम्रिएकी उ
घाम पानीलाई सहेर
रंगको विद्रोह गर्न जानेकी।
उसको मुस्कान गुलाबी
त्यही मुस्कान जसले
कठोर समयलाई पगाल्न सक्छ ।
उसका लाम्चा पातहरु
कहिले हावाको शितल स्पर्स
कहिले घामको न्यानो स्पर्स बिच
मुस्कुराउँछन
बोकेर  प्रेमकथा ।
जसलाई कहिले कसैले सोधेन
बुझेन, मात्र हेरेर चुकचुकाए।
ऊ फूल थिई
उ बास्ना थिई मनभित्रको
तर महँगो परफ्युमले होइन
माटोको गन्धले बाँध्ने ।
नजिक पुग्दा मात्र थाहा भयो
कति बलियो
उसको मौनता बोल्थ्यो
प्रेमले गहिराइमा तान्ने।
धेरैले उसलाई उपेक्षा गरें होलान
किनकि ऊ
रोशनीको केन्द्रमा उभिन जान्दिन
ऊ कहिल्यै सहानुभूति खोज्दिन ।
उ सँगको मेरो प्रेमले पायो
ऊ आफैंमा एउटा मौसम हो
न वसन्त माग्ने
न शरद कुराउने
तर जसरी वसन्त आफैं आउँछ
ऊ पनि आउँछे
मौन, ममतामय, अनि पुरै रंगीन बनेर
भुईचम्पा ।
उसलाई हेप्ने हिम्मत
कसले गरोस !
उ आफ्नो धरातल
कहिल्यै बिर्सिन्न
किनभने ऊ जमिनमा फुल्छे
भुईचम्पा ।
न चिसिएको रेष्टुरेन्टको
रङीन टेबलमा सजिन्छे
न महलका झ्यालबाट हेर्ने
रमणीय दृश्य बन्छे
जब समयले मलाई चिप्ल्यायो
म ढल्दा भुईमा देखेँ
त्यही बेला ऊ भेटिई
फुलिरहेकी भुईचम्पा
माथि हेर्नेहरूका लागि होइन
तल हेरेर खोज्नेहरूका लागि ।
उसको प्रेम
फूलजस्तै होइन
भुईजस्तै थियो
जहाँ फुल्नका लागि शर्तहरू थिएनन्
जहाँ मेरो धैर्यता भित्र
उ आफैंमा एउटा  प्रीय कविता बनी
भुईचम्पा ।
मेरो टुक्रिएको मनलाई
जोड्ने औसधी
उ भुइँचम्पा
एक प्रेमिका
जसले मलाई
प्रेम गर्न बाध्य पारिन
तर प्रेम गरिन्छ भन्ने
पाठ पढाइ ।
उसको गुलाबी, श्वेत पछ्यौरी
ओढ्दै निदाउन पाउँदा
देख्छु रङीन सपना
अब त लागेको छ मलाई
उ सगै फुल्न सकुँ
सपना पनि बिपना बनोस्
अनि जीवनभर
उ सगै फुल्न
उसलाई फुलाउन
म उसैको जरा बन्न सकुँ
उसैको अब उसैको
मेरो उ प्रीय भुइँचम्पा ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker