आँबुखैरेनीमा ‘आँबुखैरेनी वाङ्मय परिषद’ गठन

भञ्ज्याङ न्यूज

भाषा, साहित्य, कला, संस्कृति र गीतसङ्गीतको विकास र सम्वर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’ गठन गरेको छ ।

गाउँपालिकाको सभाकक्षमा आयोजित एक भेलाबाट साहित्यकार कवि अनिल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय आँबुखैरेनी वाङ्मय परिषद गठन गरेको हो ।

परिषद्को उपाध्यक्षमा सानुकाजी थापा, सचिवमा युवराज बगाले, सहसचिवमा कमल सापकोटा, कोषाध्यक्षमा राजेन्द्र गुरुङ र सदस्यहरुमा रजनी चुमान, श्रीराम भट्टराइ, कहरसिं थापा, कमला पन्त, निर्मला कुँवर र दिलमाया भुजेल चयन भएका छन् ।

भेलामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले आँबुखैरेनी गाउँपालिकाको ११औं गाउँपरिषदबाट ‘आँबुखैरेनी वाङ्मय परिषद ऐन-२०७९’ स्वीकृत र पारित गरी २०७९ असार ०३ गते बसेको आँबुखैरेनी गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार वाङ्मय परिषद गठन गरिएको र आँबुखैरेनीको भाषा, साहित्य, कला र गीतसङ्गीतको विकास र सम्वर्द्धनमा यस परिषदको भूमिका उल्लेखनीय रहने बताए ।

वाङ्मय परिषदको प्रमुख संरक्षक एवं गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनीको आर्थिक समृद्धिमा कृषिसँगै पर्यटनलाई जोड्नुपर्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा कलासाहित्यको भूमिका महत्वपूर्ण रहने बताउँदै श्रमिकहरुको श्रमलाई साहित्यले स्थापित गर्न लेखक साहित्यकारहरुले जोड दिनुपर्ने बताए ।

अध्यक्ष चुमानले साहित्य, कला र सङ्गीतको विकास र शोधअनुसन्धानमुलक कार्यका लागि आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’को लागि आ. ब. २०७९/०८० बजेटबाट १५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी गराए ।

परिषदको पहिलो बैठकले आँबुखैरेनीको पर्यटकीय स्थलको रुपमा रहेको आँदीमुलमा यही भाद्र २५ गते ‘आँदीमुल शरदकालीन काव्योत्सव’ को आयोजना गर्ने निर्णय गरेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker