रास्वपा तनहुँको सभापतिमा बास्तोला निर्वाचित

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको सभापतिमा विश्वनाथ बास्तोला निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको अधिवेशनमार्फत् बास्तोला सभापतिमा निर्वाचित भएका हुन् ।

बास्तोलाले १८७ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिका सदस्य राजु दाहालले जानकारी दिए । उनका प्रतिस्पर्धी डा. शेषरमण न्यौपानेले ६४ मत प्राप्त गरेका छन् ।

यस्तै उपसभापतिमा विष्णुबहादुर पन्त विजयी भएका छन् । उनले १३१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी पदमराज न्यौपानेले १२४ मत प्राप्त गरेका छन् ।

सहसचिवमा दुर्गाकुमार श्रेष्ठ विजयी भएका छन् । उनले १२७ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी पदमबहादुर सुनारले १२६ मत प्राप्त गरेका छन् ।

यस्तै, सचिव पदमा अनिल श्रेष्ठ, सदस्यहरुमा सीता विक, अम्बिका वाग्ले, सीता अधिकारी, अञ्जु दाहाल, केशबहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर १ को संयोजकमा शशी रुपाखेती र क्षेत्र नम्बर २ को संयोजकमा सुन्दर बस्याल सर्वसम्मत निर्वाचित भएका छन् ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker