एआई प्रविधिमा आधारित छातीको एक्स–रे शिविर

तनहुँको भिमाद नगरपालिकाको आयोजना तथा जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र प्रदेश जनस्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा भिमाद नगरपालिका–९ च्यानडाँडामा एआई -कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित निःशुल्क छातीको एक्स–रे परीक्षण शिविर सम्पन्न भएको छ।

बिहीबार आयोजित शिविरमा लक्षित समूहका २७६ जनाको छातीको एक्स–रे परीक्षण गरिएको नगरपालिकाले जनाएको छ। परीक्षणका क्रममा २४ जनामा क्षयरोगको सम्भावित लक्षण देखिएपछि उनीहरूको खकार नमुना थप परीक्षणका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ ।

समुदायस्तरमै आधुनिक एआई प्रविधिको प्रयोग गरी छातीसम्बन्धी रोग, विशेषगरी क्षयरोगको प्रारम्भिक पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरले स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै रोगको समयमै पहिचान र उपचार प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुगेको विश्वास गरिएको छ ।

भिमाद नगरपालिकाले समुदायको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker