तनहुँ १, बारा २ र चितवन २ मा एकैपटक उपचुनाव हुने, चैत २० गते उम्मेदवारी मनोनयन

निर्वाचन आयोगले रिक्त रहेका क्षेत्रहरुमा वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

चितवन २ सहित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि रिक्त रहेको तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै निर्वाचन गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रयाद अर्यालले बताए ।

चैत २० गते उम्मेदवारी दर्ता, २३ गते अन्मित नामावली प्रकाशन गर्ने कार्यसूची रहेको उनले बताए ।

नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशपछि चितवन २ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएपछि सो क्षेत्र रिक्त भएको थियो ।

यस्तै तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि ती क्षेत्र पनि रिक्त भएको थियो । आयोगले सबै क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker