मकै भण्डारण

तनहुँको ऋषिङ गाउँपालिका–८, धारुङका एक कृषकले उत्पादन गरेको मकै घुन, पुत्ला, मुसाबाट सुरक्षित गर्नका लागि परम्परागतशैलीमा थाक्रो (सुली)मा भण्डारण गरेको मकै । पुर्खादेखि चली आएको मौलिक कृषि संस्कृति, परम्परा र जीवनशैलीलाई यसरी जगेर्ना गर्दै यति ठूलो मात्रामा कृषि उत्पादनमा जोडिनु आफैँमा गर्वको विषय हो । यो दृश्य केवल मकैको उत्पादन मात्र नभएर ग्रामीण क्षेत्रको पहिचान, स्वाभिमान र आफ्नै जन्मभूमिसँगको प्रगाढ सम्बन्धको सुन्दर प्रतीकका रुपमा पनि हेर्न गरिन्छ । सुविधाको खोजीका कारण बढ्दो बसाइसराईले ग्रामीण क्षेत्र उजाडिनुका साथै खेतीयोग्य जमिन बाझिने क्रम बढ्दै गएको समयमा यसरी मकैको सुली देखिनेक्रम लोप हुँदै गएको छ । तस्विर : भञ्ज्याङ










