नौ महिनापछि पोखरामा खेलकूद प्रतियोगिता

  • कृष्ण दवाडी (कास्की)

कोरोना संक्रमण रोकथामका लागि आहृवान गरिएको बन्दाबन्दीपछि पोखरामा पहिलो पटक खेलकूद प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला क्रिकेट संघले आसन्न प्रधानमन्त्री कपका लागि खेलाडी छनोट गर्न मंगलबारदेखि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आयोजना गरेको क्लबस्तरीय छनोट प्रतियोगिता शुरु भएपछि खेलकूद गतिविधि पुनः रङ्गशालामा फर्किएको हो।

पोखरामा पछिल्लो पटक फागुनअन्तिम साता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता भएको थियो । कोरोना कहरका कारण गत वर्ष फागुन अन्तिम सातादेखि खेलकूद नगरी पोखरामा सबै खेल गतिविधि ठप्प भएका थिए । वर्षभरिनै नियमित खेलकूदका प्रतियोगिता सञ्चालन हुने पोखरा रङ्गशालामा सङ्क्रमण रोक्न आहृवान गरिएको बन्दाबन्दीका कारण लामो समय कुनै पनि प्रतियोगिता तथा प्रशिक्षण नहुँदा खेलाडी प्रभावित बने । नौ महिनापछि रङ्गशालामा उपस्थित भएर प्रतियोगिता खेल्न पाउँदा खेलाडीहरू उत्साहित छन् ।

कोरोना महामारीको केही समयपछिनै विश्वका अन्य देशमा खेलकूद नियमित रहे पनि नेपालमा लामो समय बन्द हुँदा आफूहरूले लामो समय मैदानमा आउन नपाउँदा निराश बनेको क्रिकेट खेलाडी दीपेश खत्री बताउनहुन्छ । उहाँले भन्नुभयो, “अन्तिम पटक मलेसियासँग खेलेपछि कुनै पनि प्रतियोगिता खेल्न पाएका थिएनौँ । कोरोनाले गर्दा सरकारले बनाएको नियम मानेर घरमा बसौँ, २० वर्षक्रिकेटमा लागि जीवन दिएका हामी खेलाडी पुनः खेल्न पाउँदा उत्साहित भएका छौँ।”

क्रिकेट, फुटबललगायत खेलका खेलाडीको उमेर कम हुने भएकाले एक वर्ष क्षति हुँदा प्रदर्शनसमेत प्रभावित हुने खत्रीको भनाइ छ । आगामी पुस ११ देखि हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि जिल्ला क्रिकेट संघले खेलाडी छनोट गर्न पोखरा रङ्गशालामा पुरुषको क्लबस्तरीय प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा विभिन्न छ टोलीले सहभागिता जनाएका छन् ।

क्रिकेट रेफ्री भोजराज बरालले लामो समयपछि क्रिकेट प्रतियोगिता हुँदा खुशी लागेको बताउनुभयो । उहाँले विस्तारै क्रिकेट खेलको माहोल जिल्ला जिल्लामा बढ्ने विश्वास व्यक्त गर्दै प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ । मंसिर २९ सम्म सञ्चालन हुने प्रतियोगितामा माछापुच्छ्रे र पोखरा क्रिकेट क्लबसहित अरण्यज्योति, साङ्ग्रिला, कास्की र र्राईजिङ्ग पोखरा क्रिकेट क्लबसहित छ टोलीले सहभागिता जनाएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

क्लबस्तरीय प्रतियोगिताबाट जिल्लाको टोली छनोट गरी प्रदेश छनोट प्रतियोगितामा पठाइने क्रिकेट संघले जनाएको छ । महिलाको भने क्लब नभएकाले छनोट ‘क्याम्प’ मार्फ खेलाडी छनोट गरिने छ । आगामी पुस १ देखि पोखरा रङ्गशालामा प्रदेशस्तरीय पुरुष तथा महिलाको छनोट प्रतियोगिताबाट महिला पुरुषको एक/एक टोली प्रधानमन्त्री कपका लागि छनोट गरिने सङ्घका सचिव दीपेन्द्र चन्दले जानकारी दिनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker