तनहुँको ‘प्रथम व्यास नगर हाफ म्याराथन २०७७’ को उपाधि धादिङकी रसिलाले जितिन

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको प्रथम महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि धादिङकी रसिला तामाङले जितेकी छन् ।

दमौलीको धार्मिक पर्यटकीय स्थल व्यासगुफादेखि ऐतिहासिक स्थल तनहुँसुरसम्मको २१ किलोमिटर दुरी एक घण्टा ४९ मिनेटमा पार गर्दै धादिङकी रसिलाले प्रतियोगिताको उपाधी जित्न सफल भएकी हुन् ।

उक्त प्रतियोगितामा खोटाङकी प्रिया र्राईले १ घण्टा ४९ मिनेट १ सेकेडमा पार गर्दै द्धितीय र १ घण्टा ५५ मिनेट ३२ सेकेण्डमा सो दुरी पार गर्दै पोखराकी अनिता र्राई तृतीय भएकी छन् ।

प्रतियोगितामा कलिकोटकी विशेषता ऐडीले १ घण्टा ५५ मिनेट ५७ सेकेण्ड, व्यासकी नम्रता गुरुङले १ घण्टा ५८ मिनेट ४५ सेकेण्ड, ऋषिङकी सीता रानाभाटले २ घण्टा ३५ सेकेण्ड, भक्तपुरकी आयुषा श्रेष्ठले २ घण्टा ३ मिनेट १९ सेकेण्ड र ओखलढुङ्गाकी पदमकुमारी सुनुवारले २ घण्टा ८ मिनेट २८ सेकेण्डमा दुरी पार गर्दै सान्त्वना पुरस्कार जित्न सफल भएका छन् ।

५६ जना धावकको सहभागीता रहेको प्रतियोगिताका प्रथमलाई ४१ हजार ७७, द्धितीयलाई ३१ हजार ७७, तृतीयलाई २१ हजार ७७ रुपैयाँ र सान्त्वना भएका ५ जनालाई प्रति व्यक्ति ११ हजार ७७ रुपैयाँ नगद र प्रमाणपत्रद्वारा नगरपालिकाले पुरस्कृत गरिएको छ ।


दमौलीको व्यास गुफादेखि सुरु भएको हाफ म्याराथन दमौलीको सफासडक हुँदै पृथ्वीराजमार्गको ट्राफिक चोक, भोर्लेटार चोक, तालघरे, मुसेखोला, वेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गंगलथोक, पत्यारथोक, चण्डीथान, गद्दीचौतारा हुँदै व्यास-११ स्थित ऐतिहासिक स्थल तनहुँसुर दरबारमा पुगेर सम्पन्न भएको थियो ।

उक्त प्रतियोगिताको उद्घाटन गर्दै पूर्वमन्त्री एवं गण्डकी प्रदेशकी सदस्य आशा कोइरालाले खेलकुदले मानिसलाई स्वस्थ बनाउने साथै अन्तर्राष्ट्रिय स्तरसम्म परिचित समेत गराउने बताइन् । उनले ‘अवसर आफै आउदैन, अवसर लिनका लागि हामी पनि लागि पर्नुपर्ने बताउँदै हामीभित्र भएको सीप, दक्षतालाई हरेक चुनौतिसंग लड्दै अगाडि बढे महिलाहरुले हरेक क्षेत्रमा सफलता हाँसिल गर्न सक्ने बताइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker