नेपाली कांग्रेस तनहुँद्वारा मतदातालाई निराश नहुन आग्रह
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति तनहुँ-१ ले उपनिर्वाचनको परिणामलाई लिएर निराश नहुन आग्रह गरेको छ । क्षेत्रीय सभापति श्याम मौरातीले मंगलबार विज्ञप्ती जारी गर्दै निर्वाचनमा जीत हार लोकतन्त्रको मान्यता रहेको बताउँदै परिणामले निराश नहुन आग्रह गरेका हुन् ।
मैरातीले निर्वाचनमा देखिएको विभिन्न पक्षको उचित समयमा समिक्षा गरिने बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराइलाई मतदान गर्ने मतदाता एवं गठबन्धनका नेता तथा कार्यकर्तामा धन्यवाद व्यक्त गरिएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा विगत ७०/७५ वर्षदेखिको निरन्तर क्रियाशील हजारौं पार्टी सदस्यहरु भएको कांग्रेस तनहुँले समय समयमा भएका निर्वाचनमा सफलता असफलता भोग्दै आएको विज्ञप्तिमा भनिएको छ ।
यस्तै, नगर सभापति सूर्यचन्द्र हड्खलेले एक विज्ञप्ति जारी गर्दै निर्वाचनको परिणाम हाम्रो अपेक्षा अनुसारको नभएको विद्धितै भएको र यस निर्वाचन अभियानमा हाम्रो तहबाट भएको कमि कमजोरीलाई आगामी दिनहरुमा समिक्षा गरिने बताएका छन् ।










