तनहुँ प्रहरीले १० जना फरार व्यक्ति पक्राउ गर्यो

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका एवं मुद्दाहरुमा संलग्न तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने अभियान अन्तरगत उनिहरुलार्य पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागु औषध गाँजा मुद्दामा बिगत १ बर्षदेखि फरार रहेकी ब्यास-२ भेटघाटचोक बस्ने बर्ष ३० की साहिदा भन्ने सना खान उपर तनहुँ जिल्ला अदालतको मिति २०७६ चैत्र ०४ गतेको फैसलाले ४ महिना कैद र ४ हजार रुपैयाँ जरिवाना रहेको र सम्बन्ध बिच्छेद मुद्दामा फरार ७ जना, जालसाजी मुद्दामा फरार १ जना र लुटपिट मुद्दामा फरार १ जना गरी १० जनालाई कार्यालय मातहत प्रहरी इकाइहरुबाट पक्राउ गरिएको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी गराएका छन् ।
यस्तै, पक्राउ परेकाहरुबाट ४ महिना कैद र १५ हजार ५०० रुपैयाँ जरिवाना भुक्तानको लागि जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले जानकारी गराए ।