म्याग्देमा नवौं आदर्श तथा चौथो तारा स्मृति कप हुने

तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित आदर्श नमूना क्लवले फागुन २४ गतेदेखि नवौ आदर्श तथा चौथो तारा स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ । ‘युवाको कामना सकारात्मक परिवर्तनमा आदर्श नमूना’ भन्ने नाराका साथ क्लवले एघारौ वाषिर्कोत्सव तथा समाजसेवी स्व. ताराराज रानाको सम्झनामा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आदर्श तारा मनहरी खेलमैदानमा फागुन २९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने क्लवका अध्यक्ष गौरवराज रानाले बताए । प्रतियोगिताका विजेतालाई एक लाख एक र उपविजेताले ५० हजार एक रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने भएको छ ।

यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडी, र्सवाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई पुरस्कार प्रदान गरिनेछ । क्वाटरफाइनलदेखिको सम्पूर्ण खेलहरुमा म्यान अफ दि म्याच समेत प्रदान गरिने क्लवले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker