नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा त्रिभुवन आर्मी अपराजित, आज पाँच खेल हुँदै

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राखेको छ । असोज २८ गतेदेखि सुरु प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

फुलकोर्र्ट र थ्री बाई थ्री गरी चार खेल खेलेको त्रिभुवन आर्मी क्लबले चारवटै खेलमा विजय हासिल गरेको छ । फुलकोर्टतर्फ त्रिभुवन आर्मी क्लबले उद्घाटन खेलमा मधेस प्रदेशलाई ७१–१३ ले पराजित गरेको थियो । फुलकोर्टमै त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ६८–३० ले पराजित गरेको छ ।

थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १४–७ ले पराजित गरेको छ । थ्री बाई थ्रीतर्फ नै त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई १२–४ अङ्कले पराजित गरेको छ ।

तेस्रो दिन छ खेल सम्पन्न

प्रतियोगिताको तेस्रो दिन आइतबार छ खेल सम्पन्न भएका छन् । उक्त खेलमा बागमती प्रदेश, सशस्त्र प्रहरी, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, सुदूरपश्चिम र लुम्बिनी प्रदेशले जित हासिल गरेको छ ।

फुलकोर्टतर्फको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ६७–४३ अङ्कले पराजित गरेको छ । बागमतीले पहिलो क्वाटरमा २५–५, दोस्रो क्वाटरमा १३–८, तेस्रो क्वाटरमा २०–१४ र चौथो क्वाटरमा ९–१६ अङ्क प्राप्त गरेको छ । खेलमा बागमतीका अनुशा मल्लले व्यक्तिगत १४ र गण्डकीका सीमा गर्बुजाले १६ अङ्क जोड्नुभएको थियो ।

फुलकोर्टतर्फ सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच भएको खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई ४५–२१ अङ्कले पराजित गरेको छ । सुदूरपश्चिमले पहिलो क्वाटरमा १२–३, दोस्रो क्वाटरमा ११–७, तेस्रो क्वाटरमा ६–६ र चौथो क्वाटरमा १६–५ अङ्क प्राप्त गरेको छ । उक्त खेलमा सुदूरपश्चिमका प्रविना गुरुङले व्यक्तिगत १८ र मधेसका विपना गिरीले नौ अङ्क जोड्नुभएको थियो ।

थ्री बाई थ्रीतर्फ गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ । गण्डकीले सुदूरपश्चिमलाई १७–७ ले पराजित गरेको हो । गण्डकीको जितमा स्मृति गुरुङले व्यक्तिगत रुपमा सबैभन्दा बढी सात अङ्क जोड्नुभएको थियो । सुदूरपश्चिमतर्फ कविता राईले पाँच अङ्क जोड्नुभयो ।

थ्री बाई थ्रीतर्फ सशस्त्र प्रहरीले प्रदेश नम्बर १ लाई २१–५ अङ्कले पराजित गरेको छ । उक्त खेलमा सशस्त्रका आकृति श्रेष्ठले व्यक्तिगत दश र प्रदेश नम्बर १ का सम्झना राईले तीन अङ्क जोड्नुभएको थियो । थ्री बाई थ्रीतर्फ नै त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच भएको खेलमा त्रिभुवन आर्मी क्लब १२–४ ले विजयी भयो । उक्त खेलमा त्रिभुवन आर्मी क्लबका जेनिशा श्रेष्ठले व्यक्तिगत छ र बागमतीका आर्या क्षेत्रीले दुई अङ्क जोड्नुभएको थियो ।

थ्री बाई थ्रीतर्फ मधेस प्रदेश र लुम्बिनी प्रदेशबीच भएको खेलमा लुम्बिनीले मधेसलाई १४–१ ले पराजित गरेको छ । उक्त खेलमा लुम्बिनीका खुसी खाँणले छ अङ्क जोड्नुभएको थियो ।

आज पाँच खेल

प्रतियोगिताको चौथो दिन आज पाँच खेल सञ्चालन हुनेछ । फुलकोर्टतर्फ एक र थ्री बाई थ्रीतर्फ चार खेल सञ्चालन हुने नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणीन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

फुलकोर्टतर्फ गण्डकी प्रदेश र प्रदेश नम्बर १ बीच खेल हुनेछ । थ्री बाई थ्रीतर्फ सशस्त्र प्रहरी र सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश र त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश र प्रदेश नम्बर १ बीच खेल हुनेछ ।

प्रतियोगिताको सेमिफाइनल खेल मङ्गलबार सञ्चालन गरिनेछ । प्रतियोगिताका लागि फुलकोर्ट (पाँच जना खेलाडी) र थ्री बाई थ्री (तीन जना खेलाडी) का लागि छुट्टाछुट्टै समूह विभाजन गरिएको नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणिन्द्रमानले जानकारी दिनुभयो । पाँच जना खेलाडी खेल्नेतर्फ समूह ए मा नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश रहेका छन् भने समूह बि मा बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर १ रहेका छन् ।

तीन जना खेलाडी खेल्नेतर्फ समूह ए मा मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र नेपाल आर्मी छन् भने समूह बि मा प्रदेश नम्बर १, सशस्त्र प्रहरी, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker