फाेटाे फिचर
-
१९ पुष २०८०, बिहीबार ११:५४सीपले दिएको रोजगारी
तनहुँको आँवुखैरेनी गाउँपालिका-१ सत्रसयकी एक चेपाङ महिला बासको चोयाबाट नाङ्लो बुन्दै । यहाँका चेपाङ समुदायले बासबाट नाङ्लो, डालो, डोको, भकारी लगायतका सामाग्रि निर्माण गरी बिक्री वितरणबाट भएको आम्दानीले जिविकोपार्जन गर्दै आएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ पुष २०८०, बुधबार १३:५९पृथ्वीराजमार्ग विस्तारकार्य तीब्र (फोटोफिचर)
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी-१ सत्रसय खण्डमा चार लेनको सडक निर्माणका लागि डिभाइडर निर्माण गरिदै । वि.सं. २०२६ मा रेखाङ्कन भएको पृथ्वीराजमार्गमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउने कार्यले तीब्रता पाएको छ । चार लेनको सडक सीमा…
पुरा पढ्नुहोस -
१८ पुष २०८०, बुधबार १२:५३मन्दिरको पुनःनिर्माण
तनहुँको व्यास नगरपालिका-५ स्थित भाइरल डाँडो मानहुँकोटमा रहेको सिद्ध मन्दिरको पुनःनिर्माण गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ पुष २०८०, मंगलवार ११:१७बन्दीपुरको सुन्तला
तनहुँको बन्दीपुरमा उत्पादित सुन्तला डुम्रे बजारमा बिक्री वितरण गरिदै । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ पुष २०८०, मंगलवार ११:०७राजमार्गमा पक्की पुल बन्दै
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-३ धयरेंमा निर्माणाधीन अवस्थामा रहेको पक्की पुल । मुग्लिन-पोखरा सडक बिस्तार योजना अन्तर्गत विभिन्न ठाउँमा पुल निर्माण भइरहेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ पुष २०८०, सोमबार ११:४९हिमालसंग तस्विर
तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँकोटमा पुगेका आन्तरिक पर्यटक पृष्ठभूमिमा हिमाललाई राखेर तस्विर खिचाउँदै। चिसो मौसम सुरु भएसंगै दमौली क्षेत्रमा लाग्ने कुहिरो र सूर्योदयको दृष्यावलोकन गर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ पुष २०८०, आईतवार ११:३०सडक सिमा भित्रका घर भत्काइदै
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको डुम्रे बजारमा सडक सिमा भित्र रहेका घरहरु भत्काइदै । राजमार्ग विस्तार तथा स्तरोन्नती गर्नका लागि सडक सिमा भित्र पर्ने भौतिक पूर्वाधारहरु धमाधम हटाउन थालिएको छ । बजार क्षेत्रमा छ लेन र अन्यत्र चार लेनको सडक विस्तार गरिदै छ । तस्विर : नारायण…
पुरा पढ्नुहोस -
१५ पुष २०८०, आईतवार ११:२६विद्यार्थीको साँस्कृतिक नृत्य
तनहुँको भानु नगरपालिका-३ तुरतुरे ढुकुर्दी स्थित श्री जन जागृति माध्यमिक विद्यालयको ४४औं वार्षिकोत्स तथा अभिभावक दिवसका अवसरमा साँस्कृतिक नृत्य प्रस्तुत गर्दै छात्राहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ पुष २०८०, आईतवार ११:२३प्रदर्शनमा परम्परागत सामाग्री
पोखराको लेकसाइडमा जारी २५औं संस्करणको सडक महोत्सवमा प्रदर्शनीमा राखिएका परम्परागत सामाग्री । तस्बिर : जमुना वर्षा शर्मा/रासस
पुरा पढ्नुहोस