फाेटाे फिचर
-
१ पुष २०८०, आईतवार ११:३३मकैको व्यापार
तनहुँको दमौली स्थित प्रशासनचोकको सडक किनारमा हरियो मकै पोल्दै व्यापारीहरु । चितवनबाट हरियो मकै ल्याएर दमौलीमा बिक्रीवितरण गर्ने गरिन्छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ पुष २०८०, आईतवार ११:२२उपाधी जितेपछिको खुसी
एनप्याव्सन तनहुँले सञ्चालन गरेको ११औं स्पोर्ट फेस्टिभलमा आयोजित भलिबल प्रतियोगितामा उपविजेता भएपछि उपाधि लिएर खुसी मनाउँदै व्यास-५ चापाघाटस्थित ग्रिन स्टार इग्लिस बोर्डिङ्ग स्कुलका विद्यार्थीहरु । उक्त प्रतियोगितामा बन्दीपुर गाउँपालिका-१ डुम्रेस्थित मनास्लु बोडिङ स्कुल विजेता बन्न सफल भएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ मंसिर २०८०, शुक्रबार १२:५१ऐतिहासिक सम्पदाको संरक्षण
तनहुँको ऋषिङ गाउँपालिका-८ मा रहेको ऐतिहासिक महत्व बोकेको रानीपोखरीको पुनःनिर्माण गरिदै । गाउँपालिकाले पोखरीको संरक्षणका लागि काम अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ मंसिर २०८०, शुक्रबार १२:३०देवघाटका कृषकले पलाएको सुन्तला
तनहुँको देवघाट गाउँपालिका-३ स्थित लुम्रिङ गाउँमा फलेका सुन्तला बजार पठाउनका लागि टिप्दै । यातायातको सहज पहुँच तनहुँका यहाँका कृषकले उत्पादन गरेको सुन्तल सहज रुपमा बजारीकरण हुन सकेको छैन । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ मंसिर २०८०, बिहीबार ११:४३जंगलमा पोखरी निर्माण
तनहुँको शुक्लागण्डकी नगरपालिका-३ भुजिकोट स्थित खोलाखोल्साको पानी संकलनका लागि निर्माण गरिएको पानी पोखरी । भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले जलाधार संरक्षण तथा सीमसार व्यवस्थापन कार्यक्रम र राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत उक्त पोखरी निर्माण गरेको हो । तस्विर : रुपा गुरुङ/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ मंसिर २०८०, बिहीबार ११:३२सीताराम विवाहपञ्चमी महोत्सव
जनकपुरधाममा मंगलबारदेखि सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन बुधबार फूलबारी लीला मनाउने क्रममा जानकी मन्दिर छेउमा रहेको विवाहमण्डप परिसरमा राम, लक्ष्मण तथा सीताको भेषमा सजिएका कलाकारहरु । तस्बिर : चन्दन ठाकुर/रासस
पुरा पढ्नुहोस -
२८ मंसिर २०८०, बिहीबार ११:०९(no title)
जनकपुरधाममा मंगलबारदेखि सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन बुधबार फूलबारी लीला मनाउने क्रममा जानकी मन्दिर छेउमा रहेको विवाहमण्डप परिसरमा राम, लक्ष्मण तथा सीताको भेषमा सजिएका कलाकारहरु । तस्बिर : चन्दन ठाकुर/रासस
पुरा पढ्नुहोस -
२८ मंसिर २०८०, बिहीबार ११:०८बन्दीपुर केवलकार
तनहुँको पर्यटकीय नगर बन्दीपुरमा निर्माणाधिन बन्दीपुर केवलकारको तल्लो स्टेशनमा काम गर्दै प्राविधिकहरु । निर्माण पक्षले केवलकार सञ्चालनको अन्तिम तयारी गरिरहेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ मंसिर २०८०, बुधबार ११:४४बाली उपचार शिविर
कृषि ज्ञान केन्द्र तनहुँले भिमाद नगरपालिका-८ भानुमतीमा सञ्चालन गरेको बाली उपचार शिविरमा सहभागि भएका स्थानीय कृषकहरु । शिविरमा अमिला जातका फलफूल साथै अन्य बालीहरूको व्यवस्थापन विधि, रोगकीरा नियन्त्रणको तरिका, गाईवस्तुको मल तथा पिसाबको उचित प्रयोग र मित्रजीवको संरक्षण लगायतका विषयमा कृषि प्राविधिकहरुले सहजिकरण गरेका थिए…
पुरा पढ्नुहोस