फाेटाे फिचर
-
१८ भाद्र २०८०, सोमबार ११:३०पाहुनालाई नृत्य प्रस्तुत गर्दै
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्वाँतका महिलाहरु नृत्य प्रस्तुत गर्दै । गाउँमा आउने पाहुनाहरुलाई यहाँका महिलाहरुले मौलिक नाच देखाएर स्वागत गर्ने गर्छन् । तस्बिर : सन्तोष गौतम/रासस
पुरा पढ्नुहोस -
१८ भाद्र २०८०, सोमबार ११:२७फेवाताल
कास्कीको पर्यटकीय सहर पोखरामा आइतबार देखिएको फेवातालको दृश्य । तस्बिर : रामबहादुर थापा/रासस
पुरा पढ्नुहोस -
१७ भाद्र २०८०, आईतवार ११:३४रोपाई जात्रा
तनहुँको म्याग्दे-२ मा नेवा गुठी समाज जामुनेले शनिबार निकालेको रोपाई जात्रा । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ भाद्र २०८०, आईतवार ११:३२अतिथि स्वागत
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ स्थित टुटेपानी सामुदायिक होमस्टेमा पुगेका पाहुनालाई रिपा लगाएर स्वागत गर्दै होमस्टे सञ्चालक । गण्डकी प्रदेशकै नमुना यो होमस्टेमा पुग्ने पाहुनाहरुलाई गुरुङ समुदायको संस्कृति अनुसार स्वागत तथा विदाई गर्नुका साथै स्थानीय स्तरमै उत्पादिन खानाका परिकार खुवाउने गरिन्छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ भाद्र २०८०, आईतवार ११:२८स्वास्थ्य शिविर
तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको ३७औं वार्षिकोत्सवका अवसरमा व्यास नगरपालिका-९ स्थित गजौरे स्वास्थ्य चौकीमा शनिबार आयोजना गरिएको स्वास्थ्य परीक्षण शिविरमा सहभागि भएको स्थानीय । क्याम्पसको वार्षिकोत्सवका अवसरमा पब्लिक क्याम्पस प्रध्यापक संघ आदिकवि भानुभक्त क्याम्पस इकाईको अयोजना एवं युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको सहयोगमा…
पुरा पढ्नुहोस -
१५ भाद्र २०८०, शुक्रबार ११:२२ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व
तनहुँको देवघाट गाउँपालिका स्थित देवघाटधाममा रहेको महेश संस्कृत गुरुकुलका बटुकहरु यज्ञोपवीत (जनै) धारण गर्दै। जनैपूर्णिमा पर्वका अवसरमा बटुकहरुले पुण्यसलिला कृष्णागण्डकीमा वैदिक विधिअनुसार श्रावणीस्नान गरी ऋषिपूजन, तन्तुदेवतापूजन, ग्रन्थिदेवतापूजन, वंशब्रुवण, ऋषिश्राद्ध एवं रक्षाबन्धनपूजा गरी यज्ञोपवीत (जनै) धारण एवं रक्षाबन्धन गरेका थिए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ भाद्र २०८०, शुक्रबार ११:१२भक्तपुरमा गाइजात्रा
भक्तपुरमा तौमढीमा विहीबार गाइजात्रा मनाउने क्रममा तहमचा बोकेर सास्कृतिक नाच प्रदर्शन गर्दै स्थानीयवासी । तस्विर : रमेश गिरी/रासस
पुरा पढ्नुहोस -
१५ भाद्र २०८०, शुक्रबार ११:१०भाँसियो टेवा पर्खाल
पृथ्वीराजमार्ग विस्तारका क्रममा तनहुँको जामुने खण्डमा पहिरो रोक्थामका लागि लगाइएको टेवा पर्खाल भाँसिएको अवस्थामा । सडक विस्तारको काम नियमक निकायले प्रभावकारी रुपमा अनुगमन नगर्दा निर्माण पक्षले कम गुणस्तरका सामाग्रि प्रयोग गरी निर्माण कार्य गरेकाले भत्किने, भाँसिने जस्ता समस्या आउन थालेको छ । यस्तै, सडक विस्तारको…
पुरा पढ्नुहोस -
१४ भाद्र २०८०, बिहीबार ११:२५तनहुँको डुम्रे बजार
तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजारका घरहरु भत्काइदै । पृथ्वीराजमार्ग विस्तार गर्ने क्रममा सडक सिमाभित्र रहेका भौतिक पूर्वाधारहरु भत्काउन थालिएको छ । बजार क्षेत्रमा छ लेन र अन्यत्र चार लेनमा सडक विस्तार गरिदै छ । तस्विर : डिपि अधिकारी/भञ्ज्याङ
पुरा पढ्नुहोस