फाेटाे फिचर
-
१४ असार २०८०, बिहीबार ११:३४व्यवसायिक ड्रागन फ्रुट खेती
तनहुँको व्यास नगरपालिका-५ मा व्यावसायिक रुपमा गरिएको ड्रागन फ्रुट खेती । दमौली निवासी कल्पना गौलीले जग्गा भाडामा लिएर उक्त खेती सुरु गरेकी हुन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ असार २०८०, मंगलवार १२:१८ब्याडमा विऊ काढ्दै कृषक
तनहुँ शुक्लागण्डकी नगरपालिका-१२ फिरफिरेको तालेफाँटमा रोपाइका लागि ब्याडमा धानको विऊ काढ्दै कृषकहरु । सिंचाइ सुविधा भएका खेत तथा फाँटमा तनहुँका कृषकहरुले रोपाइ सुरु गरेपनि प्रयाप्त वर्षा नहुँदा आकाशे पानीको भरमा रोपाई हुने खेतहरुमा कृषकहरुले रोपाइ गर्न सकेका छैनन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ असार २०८०, मंगलवार १२:०७सहिदकृष्ण पार्क
तनहुँको शुक्लागण्डकी नगरपालिका-८ स्थित ढोर क्षेत्रका पहिलो सहिद कृष्णप्रसाद पौडेलको सम्झनामा निर्मित सहिदकृष्ण पार्क । गण्डकी प्रदेश सरकार मार्फत उपलब्ध १० लाख रुपैयाँ बजेटबाट डिभिजन वन कार्यालय तनहुँ मार्फत् पार्कलाई सौन्दर्यकरण गरिएको हो । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ असार २०८०, सोमबार ११:४६चक्लाबन्दी गरिएको खेतमा पाक्यो चैते धान
तनहुँको बन्दिपुर-१ नाहालाका कृषकको खेतमा पाक्दै गरेको चैते धान । कृषकले प्रदेश सरकारको सहयोगमा चक्लाबन्दी गरी गरिएको चैते धान खेतीको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी सहितको टोलीले आइतबार अनुगमन समेत गरेको थियो । चैते धानको फल राम्रो भएको र अरु जात भन्दा हर्विनाथ…
पुरा पढ्नुहोस -
११ असार २०८०, सोमबार ११:३३रोपाइको तयारी
तनहुँको व्यास नगरपालिका-९ कलेस्ती फाँटमा धानको विऊ रोपाइका लागि आलि तासेर तयारी गर्दै कृषकहरु । सुनौलो नयाँ गोरेटो कृषि सहकारीले यहाँ असार १५ गते रोपाइ गर्ने तयारी गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० असार २०८०, आईतवार १२:०९बाटो बनाउँदै विद्यार्थी
तनहुँको आँबुखैरेनी गाउँपालिका-५ र ६ को सीमाना खारेभिरमा वर्षाका कारण गएको पहिरो हटाउँदै विद्यार्थीहरु । स्थानीय कन्यादेवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको वर्खा लागेसंगै पहिरो खसेर बाटो अवरुद्ध हुँदा पठनपाठनमा समेत प्रभावित हुने गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० असार २०८०, आईतवार ११:४४छाब्दी बाराही मन्दिर
तनहुँको व्यास नगरपालिका स्थित छाब्दी बाराही मन्दिरमा शनिबार पूजाअर्चना तथा दर्शनका लागि पुगेका भक्तजनहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ असार २०८०, शुक्रबार ११:२०विकासले निम्त्याएको विनास
तनहुँको भानु नगरपालिका-१२ कबाजितको परम्परागत पैदल मार्ग वर्षासंगै आएको भलले भत्काएको अवस्थामा । गाउँमा कच्चि सडक खनिएसंगै वर्खायाममा पानी पर्दा उक्त सडकबाट आउने भलपानीले परम्परागत रुपमा प्रयोग गरिने पैदल मार्गसंगै दायाबायाँ रहेका खेतबारीमा समेत ठूलो क्षति पुर्याएको छ । संघीय सरकारबाट प्राप्त बजेटबाट भू तथा…
पुरा पढ्नुहोस -
८ असार २०८०, शुक्रबार ११:०७किसानलाई असारे चटारो
तनहुँको शुक्लागण्डकी नगरपालिका-८ बाराहीटोलस्थित भुङभुङेमा रोपाइँका लागि गोरुको सहायताले खेत हिल्याउँदै किसानहरु । असार लागेसँगै सिंचाई सुविधा भएका खेतमा कृषकहरुले रोपाइँ सुरु गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस