फाेटाे फिचर
-
२८ जेष्ठ २०८०, आईतवार ११:२१खानेपानी भर्ने पालोको पर्खाइ
तनहुँको व्यास नगरपालिका-१ स्थित गल्बुबेसी स्थित बघेनी कुवामा खानेपानी भर्नाका लागि पालो कुर्दै स्थानीय । लामो समयदेखि पानी नपर्दा खडेरीका कारण अन्य ठाउँमा पानीका मुहान सुक्न थालेपछि यो कुवामा पानीका लागि सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । तस्बिर : सानेबहादुर नेपाली/रासस
पुरा पढ्नुहोस -
२६ जेष्ठ २०८०, शुक्रबार ११:३५कृषकलाई उन्नत जातका बोका तथा रांगा
तनहुँको आँबुखैरेनी गाउँपालिकाले वडा नम्बर ३ का कृषकलाई ब्याड रुपमा उन्नत जातका बोका तथा रांगा वितरण गर्दै । गाउँपालिकाले ‘पर्यटन, कृषि, उद्यम र पूर्वाधारः सुखी र संमृद्ध आँबुखैरेनीको आधार’ मुल नारा सहित कृषकलाई ७५ प्रतिशत अनुदानमा एक रांगा र २३ बोका वितरण गरेको छ ।…
पुरा पढ्नुहोस -
२६ जेष्ठ २०८०, शुक्रबार ११:२७वनको नर्सरी
डिभिजन वन कार्यालय तनहुँको नर्सरीमा हुर्कदै गरेका विभिन्न प्रजातिका बिरुवा । कार्यालयले उपभोक्तालाई निःशुल्क रुपमा यी बिरुवा वितरण गर्नेगर्छ । तस्बिर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ जेष्ठ २०८०, बिहीबार ११:५४मुढा बुन्ने तालिम
तनहुँको बन्दिपुर गाउँपालिक-६ को सारङ, बाग्थल, ग्याजाटारका महिलालाई लक्षित गरि सन्चालन गरेको १५ दिने मुढा बनाउने सिपमुलक तालिममा सहभागि महिलाहरु । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ जेष्ठ २०८०, बिहीबार ११:४१व्यवसायीक बाख्रा पालन
नवलपुरको गैंडाकोट नगरपालिका १२ मालपुरका कृषकहरू बाख्रा चराउदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ जेष्ठ २०८०, बुधबार ११:३७कृषकलाई मेसिनेरी साधान तथा औजार
तनहुँको बन्दिपुर गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को बार्षिक कार्यक्रम अन्तर्गत कृषि आधुनिकिकरणका लागि मेसिनेरी साधन तथा औजार वितरण गरिदै । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, उपाध्यक्ष पञ्चमाया गुरुङले वडा नं. २ का साना कृषि व्यवसायिक समूह-मकै पकेट क्षेत्रका कृषकलाई अनुदानमा ८ वटा मिनी टेलर र…
पुरा पढ्नुहोस -
२४ जेष्ठ २०८०, बुधबार ११:३०राजमार्ग सीमा क्षेत्र भित्रका घरटहरा भत्काइदै
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजारस्थित सडक मापदण्डभित्र पर्ने भत्काइएका घर । सडक विस्तारका लागि यहाँका करिब २० घरटहरा भत्काइएको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ जेष्ठ २०८०, मंगलवार ११:३५तालिम सिकेको प्रमाण
तनहुँको बन्दिपुर गाउँपालिका-१ मा सञ्चालित ६० दिने कर्टाई तथा सिलाई तालिमा सहभागिलाई प्रमाणपत्र वितरण गर्दै वडाअध्यक्ष शिवकुमार श्रेष्ठ तथा अन्य अतिथिहरु । गाउँपालिकाले विपन्न तथा बेरोजगार महिला दिदीबहिनीहरुका लागि गरिबी निवारणका लागि उद्यमशील कार्यक्रम अर्न्तर्गत सञ्चालित तालिममा १६ जनाको सहभागिता रहेको थियो । तस्विर :…
पुरा पढ्नुहोस -
२३ जेष्ठ २०८०, मंगलवार ११:३०चुँदीफाँटमा जग्गा चाक्लाबन्दी
तनहुँको भानु नगरपालिका-४ चुँदीफाँट अन्तर्गत बडहरेमा जग्गा चाक्लाबन्दी गरिदै । आधुनिक सिंचाइ प्रविधिको प्रयोग, जग्गाको क्षेत्रफलमा वढोत्तरी, उत्पादकत्वमा वृद्धिका लागि नगरपालिकाले गण्डकी प्रदेशको सहयोगमा जग्गा चाक्लाबन्दी बार्यक्रम अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस