फाेटाे फिचर
-
१४ जेष्ठ २०८०, आईतवार ११:२१ढोरवाराहीमा भक्तजन
तनहुँको शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दी स्थित ढोरवाराही मन्दिरमा शनिबार पूजाअर्चना तथा दर्शनका लागि पुगेका भक्तजनहरुको भीड । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ जेष्ठ २०८०, आईतवार ११:१६गोलभेंडाको पात खाने कीराको प्रकोप
तनहुँको भानु नगरपालिका-४ खातिथोकका कृषकको गोलभेंडा खेतीको पात खाने कीराको प्रकोपदेखिएपछि स्थलगत अवलोकन तथा उपचार पद्धतीका विषयमा जानकारी गराउँदै कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी । गोलभेंडाको पात खाने कीरा प्रकोपबाट त्यसक्षेत्रका व्यावसायिक कृषक मारमा परेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ जेष्ठ २०८०, शनिबार १५:०१फौजी किरा नियन्त्रणका लागि खेतबारीमा प्रविधि सहितको उपचार
तनहुँको आँवुखैरेनी गाउँपालिका-२ अदुवाखर्कका कृषकको मकै खेतीमा फौजी किराको प्रकोप देखिएपछि खेतबारीमै पुगेर प्रविधिो प्रयोग गरी औषधि उपचारको बिधी सिकाइदै । गाउँपालिका र कृषि ज्ञान केन्द्र तनहुँले स्थानीय १९ जना कृषकलाई मकै खेतीमा लागेको फौजी किरा नियन्त्रणका लागि एकीकृत व्यवस्थापन प्रविधिको पहुँच विस्तार गरेको छ…
पुरा पढ्नुहोस -
१२ जेष्ठ २०८०, शुक्रबार ११:५०कृषकलाई मौरी घार वितरण
तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित कृषकलाई मौरी घार वितरण गर्दै कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारी । केन्द्रले आर्थिक वर्ष २०७९/०८० को कार्यक्रम अन्तर्गत ४६ कृषकलाई ९० प्रतिशत अनुदानमा घार वितरण गरेको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ जेष्ठ २०८०, बिहीबार ११:१९जाँतोमा मकै पिस्दै युवती
तनहुँको ऋषिङ गाउँपालिका-३ स्थित दुबुङकी एक युवती परम्परागत जाँतोमा मकै पिस्दै । प्रविधिको बढ्दो प्रयोगसंगै पछिल्लो समय परम्परागत ढिकी, जाँतोको प्रयोग लोप हुँदै गएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ जेष्ठ २०८०, बिहीबार ११:०९रासायनिक मलको लाइनमा कृषक
तनहुँको दमौली स्थित नवीन उपभोक्ता सहकारी संस्थाको रासायनिक मलको सुपथमूल्य पसलमा चैते धान र मकै खेतीमा हाल्नका लागि मल लिन लाइनमा बसेका कृषकहरु । घण्टौ लाइनमा बसेपनि कृषकले आवश्यकतानुसार मल पाउन सकेका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेड तनहुँमा एक हजार ३३१ मेट्रिकटन रासायनिक मल…
पुरा पढ्नुहोस -
१० जेष्ठ २०८०, बुधबार ११:१९सीपमुलक तालिम
तनहुँको आँबुखैरेनी गाउँपालिकाको वडा नं. ३ मा गरिबि निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले सञ्चालन गरेको १५ दिने बासबाट मुडा र र्याक बनाउने तालिममा सहभागि भएका स्थानीय । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ जेष्ठ २०८०, सोमबार १३:२७मादी नदीमा सामुदायिक विपद् प्रतिकार्य तालिम (फोटोफिचर)
नेपाली सेनाको आयोजनामा व्यास नगरपालिका–५ स्थित मादी नदीमा सामुदायिक विपद् प्रतिकार्य तालिम सुरु गरेको छ। व्यास–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) को आयोजनामा मादी नदीमा आइतबारदेखि विपद् प्रतिकार्य तालिम थालिएको हो । विपद्को अवस्थामा उद्धार एवं खोजका लागि समुदायका व्यक्तिलाई अभ्यस्त बनाउने उद्देश्यसहित प्रतिकार्य तालिम आयोजना…
पुरा पढ्नुहोस -
८ जेष्ठ २०८०, सोमबार ११:४६शुक्लागण्डीको क्याङ्दी खोला पुल
तनहुँको शुक्लागण्डकी नगरपालिका-११ स्थित क्याङ्दी खोलामा निर्माण गरिएको पक्की पुल । पुल निर्माणसंगै तनहुँ र स्याङ्जाको हरिनास गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् । तस्बिर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस