फाेटाे फिचर
-
२३ बैशाख २०८०, शनिबार १३:०३छिम्केश्वरीमा भक्तजन
तनहुँको आँवुखैरेनी गाउँपालिका-५ स्थित छिम्केश्वरीमाईको मन्दिरमा चण्डिपूर्णिमाका दिन पूजअर्चना तथा दर्शनका लागि पुगेको भक्तजनहरु । तनहुँको अग्लो पहाडी चुचुरोमा रहेको यस मन्दिर धार्मिक, प्राकृतिक तथा साँस्कृतिक पर्यटनको आकर्ष गन्तव्यका रुपमा विकास गरिदै लगिएको छ । तस्विर : डिपि अधिकारी/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ बैशाख २०८०, शुक्रबार १२:२८तनहुँ जलविद्युत आयोजनाको निर्माणाधीन विद्युतगृह
तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह । विद्युत गृहभित्र संरचना निर्माणको काम भइरहेको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ बैशाख २०८०, शुक्रबार १२:०८बन्दिपुरको शहीद पार्क
तनहुँको बन्दिपुर गाउँपालिका स्थित शहीद पार्कको मर्मत सुधार गरी सिंगारिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ बैशाख २०८०, बिहीबार ११:१४राजमार्ग विस्तार
पृथ्वीराजमार्गको डुम्रे-दमौली सडक खण्ड अन्तर्गत छिर्कनेमा राजमार्ग चौडा बनाउन भित्तो कटान गरिदै । निर्माण पक्षले राती १२ देखि ४ बजेसम्म र दिउँसोको समयमा केही समय सवारी आवागमन अवरुद्ध गरी सडक विस्तारको काम गर्दै आएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ बैशाख २०८०, बिहीबार ११:११घाँसीकुवा क्षेत्रको सुन्दरता
तनहुँको व्यास नगरपालिका स्थित घाँसीकुवासंगै रहेको खेतमा फष्टाउँदै गरेको चैते धान खेती र पृथ्वी राजमार्ग विस्तारका लागि भित्तो कटान गरिदै । राजमार्ग विस्तार तथा स्तारोन्नतीको कामले भानुभक्त आचार्यको जीवनसंग जोडिएको घाँसीकुवाको अस्तित्व संकटमा परेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० बैशाख २०८०, बुधबार ११:१५सडक निर्माणमा श्रमदान
तनहुँको भानु नगरपालिका-१२ को मिर्लुङकोट पयर्टन मार्ग अन्तर्गत करस्याङदी खोलाको कटानबाट सडक सुरक्षित गर्न ग्याबिङ जालि भर्नका लागि श्रमदान गरी ढुंगा संकलन गर्दै स्थानीय उपभोक्ताहरु । भानु-१२ का वडा अध्यक्ष बेलबहादुर अधिकारीको सक्रियतामा अहिले सडकको सतरोन्नती तथा नदी कटन रोक्ने कामलाई तीब्रता दिइएको छ ।…
पुरा पढ्नुहोस -
२० बैशाख २०८०, बुधबार ११:०७तमान गाउँ
बागलुङको तमानखोला गाउँपालिका-३ स्थित तमान गाउँ । तस्बिर : डम्मर बुढा मगर/रासस
पुरा पढ्नुहोस -
२० बैशाख २०८०, बुधबार ११:०४घिरिङ अध्यक्ष कप प्रतियोगिता
तनहुँको घिरिङ गाउँपालिकाले मंगलबारदेखि सञ्चालन गरेको ‘छैटौ घिरिङ अध्यक्ष कप प्रतियोगिताका २०८०’को उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा । ‘खेलकुद अनुशासन र राष्ट्रभक्ति समृद्ध घिरिङका लागि स्वस्थ जनशक्ति’ भन्ने मुल नारका साथ वडा नं. ३ को पोखरीछापमा आयोजित प्रतियोगितामा गाउँपालिकाका विद्यार्थीहरु बीच विभिन्न विधाका…
पुरा पढ्नुहोस -
१९ बैशाख २०८०, मंगलवार ११:३२व्यवसायिक भैसीपालन
तनहुँको शुक्लागण्डकी नगरपालिका-१० स्थित वैशाखेघाट लाइभस्टक एग्रो प्रालिको फार्ममा पालिका भैसी । वैदेशीक रोजगारीबाट फर्किएका युवाहरुले सामुहिक रुपमा गाईभैसी पालन गरी दुध उत्पादन गर्दै आएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस