फाेटाे फिचर
-
२३ चैत्र २०७९, बिहीबार ०९:०३डाँडा गाउँ भ्यू प्वाइन्टबाट देखिएको सूर्योदय
जिल्लाको म्याग्दे गाउँपालिका-७ स्थित डाँडा गाउँ भ्यू प्वाइन्टबाट देखिएको सूर्योदय । उक्त स्थानलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ चैत्र २०७९, बुधबार १०:५१आँवुखैरेनीको ढकालटारमा प्रयोग नगरिदा अलपत्र अवस्थामा रहेका भवन
तनहुँको आँवुखैरेनी गाउँपालिका-२ स्थित ढकालटारमा प्रयोग विहिन भई अलपत्र अवस्थामा रहेका भवन । नेपाल विद्युत प्राधिकरणको यी भवन करिब २०५० सालदेखि प्रयोग बिहिन भएको र बीचमा केही समय नेपाल आर्मीले प्रयोग गरेपनि अहिले अलपत्र अवस्थामा रहेका छन् । गाउँपालिकाले यी भवनमा प्राबिधिक शिक्षालय लगायतको सेवा…
पुरा पढ्नुहोस -
२२ चैत्र २०७९, बुधबार १०:४०हरियो मकैको व्यापार
तनहुँको दमौलीमा डोकोमा हरियो मकै बोकेर बिक्रीवितरणका लागि डुलाउँदै व्यापारी । चितवनमा उत्पादित हरियो मकै दमौली बजारमा बिक्री वितरण गर्ने गरिएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ चैत्र २०७९, मंगलवार १०:५६६६औं सहकारी दिवस
६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ तनहुँले सोमबार दमौलीमा आयोजना गरेको पदयात्रामा सहभागी सहकारीकर्मी । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० चैत्र २०७९, सोमबार ०८:४६भलाकुसारी
तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा भलाकुसारी गर्दै बसेका स्थानीय महिलाहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ चैत्र २०७९, आईतवार ११:२३कलेस्ती उपत्यकामा उत्पादित आलु
तनहुँको व्यास नगरपालिका-९ का कृषकहरु समुहमा आवद्ध भई उत्पादन गरेको आलु । नगरपालिकाले अनुदानमा आलुको बीऊ उपलब्ध गराएपछि कृषकहरुले व्यवसायिक रुपमा खेती गरी उत्पादित आलु बिक्री तथा शितभण्डारमा भण्डारण गर्ने तयारी गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ चैत्र २०७९, आईतवार ११:१३चैत्र दशै-पूर्णिमा ठूलोढुंगा बजार
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढुङ्गामा चैत्र दशै-पूर्णिमा मेलाका अवसरमा सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको शुभारम्भ गरिदै । प्रतियोगिताको विजेतालाई १ लाख १ हजार १११, उपविजेतालाई ५० हजार ५५५ रुपैयाँ नगद, मेडल, प्रमाणपत्रबाट पुरस्कृति गरिने भएको छ । यस्तै, ऐतिहासिक मेलाका अवसरमा छेलो प्रतियोगिता, भलिबल…
पुरा पढ्नुहोस -
१८ चैत्र २०७९, शनिबार १२:५५एसइइ परीक्षा
तनहुँको भानु नगरपालिका स्थित एक परीक्षा केन्द्रमा एसइइ परीक्षा दिंदै विद्यार्थीहरु । तनहुँका २६ वटा परीक्षा केन्द्रबाट ५ हजार ७६६ विद्यार्थीहरुले परीक्षा दिएका छन् । पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख बसन्तराज पौडेलले जानकारी गराएका छन् । तस्विर…
पुरा पढ्नुहोस -
१८ चैत्र २०७९, शनिबार १२:४४शुक्रबारे हाटबजार
तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको शुक्रबारे हाटबजारमा स्थानीय कृषकले उत्पादन गरेको तरकारी लगायत कृषि उपजहरु बिक्री वितरण गर्दै कृषकहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस