फाेटाे फिचर
-
१५ माघ २०८२, बिहीबार १३:२८मतदाताको घरदैलोमा उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. स्वर्णिम वाग्ले बुधबार बिहान व्यास–१४ स्थित छाब्दीका मतदाताको घरदैलोमा पुगेर मत माग्दै । उम्मेदवार वाग्लेले बुधबार छाव्दी बाराही मन्दिरमा विशेष पूजा–अर्चना तथा दर्शन गरेर चुनावी अभियानको शुभारम्भ गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ माघ २०८२, सोमबार १३:०३लहरे बालीको विउ जमाउँदै
तनहुँको शुक्लागण्डकी नगरपालिका–६ को आर्थिक सहयोग, नगरपालिकाको कृषि शाखाको प्राबिधिक सहयोगमा जाम्दी कृषक समुह र बर्रेडाँडा कृषक समुहमा आवद्ध किसानहरुलाई लहरे बालीको बिउ जमाउन सिकाइदै । किसानलाई काक्रो, घिरौला, करेला, लौका, फर्सी, सिमि र अकबरे खुर्सानीको विरुवा उत्पादनका लागि आवश्यक प्राविधिक ज्ञान प्रदान गर्नुका साथै…
पुरा पढ्नुहोस -
१२ माघ २०८२, सोमबार १२:५४अन्तर विद्यालय बास्केटबल प्रतियोगिता
हैरान्स क्लब दमौलीले व्यास नगरपालिका–३ मा सञ्चालन गरेको अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दै सत्यवती माध्यमिक विद्यालय र मर्स्याङ्दी माध्यमिक विद्यालयका छात्राहरु । प्रतियोगितामा सत्यवती माविले मर्स्याङ्दी माध्यमिक विद्यालयलाई ४–० अंकले पराजित गर्दै उपाधि हात पारेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ माघ २०८२, आईतवार १३:२२ग्याभिनजालीको प्रयोग गरी सडक विस्तार
तनहुँको घिरिङ गाउँपालिका–४ उम्सेकोटमा ग्याभिनजालीको प्रयोग गरी सडक विस्तार गरिदै। सडक विभागबाट विनियोजित बजेटले फुला–पिपलटार सडक खण्ड विस्तार कार्यलाई तीव्रता दिइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ माघ २०८२, शुक्रबार ११:२९शिक्षिकाहरुको नृत्य
तनहुँको भानु नगरपालिका–९ पुर्कोटस्थित कर्मदा माध्यमिक विद्यालयले विहीबार आयोजना गरेको ४१औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा नृत्य प्रस्तुत गर्दै विद्यालयका शिक्षिकाहरु । विद्यार्थीहरुद्वारा साँस्कृतिक तथा विविध कार्यक्रम र शुभकामना आदानप्रदान गरी विद्यालयले वार्षिकोत्सव मनाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ माघ २०८२, शुक्रबार ११:२४बन्दीपुरको मिनी ग्रेटवाल
पर्यटकीय नगरी तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर दुरीको मिनी ग्रेटवाल । बन्दीपुर गाउँपालिकाले पर्यटन पूर्वधार निर्माण गरी पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवाल अहिले पर्यटकको आर्कषण बन्दै गएको छ ।…
पुरा पढ्नुहोस -
८ माघ २०८२, बिहीबार १३:४४ज्येष्ठ नागरिकलाई गाउँटोलमै भत्ता र स्वास्थ्य सेवा
तनहुँको भिमाद नगरपालिका–३ का ज्येष्ठ नागरिकलाई गाउँटोलको पायकपर्ने स्थानमा सामाजिक सुरक्षा भत्ता वितरणका साथै स्वास्थ्य परीक्षण सेवा समेत प्रदान गरिदै । वडा कार्यालयको सक्रियतामा पायक पर्ने ठाउँमा भत्ता वितरण र वडाका स्वास्थ्यकर्मीहरुद्वारा वृद्धवृद्धाको स्वास्थ्य परीक्षण समेत गरिदै आइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ माघ २०८२, बिहीबार १३:४०किसानको घर गोठमै सेवा
तनहुँको ऋषिङ गाउँपालिकाका किसानको घर गोठमै पुगेर पशुचौपायामा हुने पूर्ण खोप कार्यक्रमअन्तर्गत बाख्रालाई खोप लगाउँदै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँका पशु स्वास्थ्य प्राविधिक । गाउँपालिकाका किसानहरुलाई आ–आफ्नो पशुचौपायालाई खोप लगाई स्वस्थ र सुरक्षीत राख्ने अभियान चलाइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ माघ २०८२, मंगलवार ११:२४व्याडमिन्टन प्रतियोगिता
व्यास नगर व्याडमिन्टन क्लवले सोमबारदेखि दमौलीमा सञ्चालन गरेको सातौ व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगित–२०८२ मा प्रतिस्पर्धा गर्दै खेलाडीहरु । तस्विर: भञ्ज्याङ
पुरा पढ्नुहोस