म त लालिगुराँस भएछु …..

लमजुङको राइनास नगरपालिका–९ मा रहेको ऐतिहासिक राइनासकोटमा लालिगुराँस फुलेर रात्तैदेखिएपछि पृष्ठभूमिमा लालिगुराँस राखेर तस्विर खिचाउँदै आन्तरिक पर्यटक । लालिगुराँससंग तस्विर खिचाउन, टिकटक बनाउन र यहाँको प्राकृतिक सौन्दर्य अवलोकन गर्नका लागि शनिबार लमजुङ, तनहुँ, गोरखा लगायतका जिल्लाबाट हजारौंको संख्यामा आन्तरिक पर्यटकहरु राइनासकोट पुगेका थिए । ग्रामीण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै लगिएको राइनसकोटमा भुकम्पबाट भत्किएका घर पुनर्निर्माण गरी १४ घरमा घरवास सञ्चालन गरिएसंगै पर्यटक पुग्न थालेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










