फाेटाे फिचर
-
१३ भाद्र २०७९, सोमबार १२:०३ऐतिहासिक र पर्यटकीय सम्पदा
पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दिपुर स्थित तीनधारा । स्वच्छ चिसो पानी र यहाँको ऐतिहासिक सम्पदाका कारण बन्दिपुर पुग्ने पर्यटकको गन्तव्य तीनधारा पनि हुनेगरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ भाद्र २०७९, आईतवार ११:३७तीज गीत प्रतियोगिता
आदिकवि भानुभक्त जन्मस्थल विकास समिति भानु-४ चुँदीरम्घाले शनिबार युवाकवि मोतीराम भट्टको १५७औं र कविकेशरी तीर्थराज पाण्डेको १५०औं जन्मजयन्तीका अपलक्ष्यमा युवाकवि र कविकेशरीको जीवनीमा आधारित तीज गीत प्रतियोगितामा आफ्नो प्रस्तुती राख्दै प्रतिस्पर्धी । ११ समुहको सहभागिता रहेको प्रतियोगितामा चुँदीवेसी आमा समुह प्रथम, भानु संस्कृत मावि (शिक्षक…
पुरा पढ्नुहोस -
१० भाद्र २०७९, शुक्रबार ११:४४विद्यालयमा खेल्दै बालबालिका
तनहुँको भानु नगरपालिका-१२ घलेछाप स्थित श्री सरस्वती मन्दिर माध्यमिक विद्यालयका बालबालिकाहरु खेल्दै । विद्यालयलाई नगरपालिकाले वितरित बाल सिकाइ तथा खेलकुद सामग्री उपलब्ध गराएपछि बालबलिका विद्यालयमा खेल्दै, रमाउँदै, बढ्दै गर्ने गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ भाद्र २०७९, बिहीबार ११:२९हामीले त खोप लगाइयो
तनहुँको ऋषिङ गाउँपालिका-३ सोलुङ स्थित सरस्वती आधारभूत विद्यालयका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप लगाएपछि सामुहिक तस्विरमा । गाउँपालिकाको मौरीबास आधारभुत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीहरुले विद्यालयका ५ देखि १२ वर्षउमेर समुहका बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाएका थिए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ भाद्र २०७९, बिहीबार ११:२२अन्नपूर्ण हिमालको आइसफल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ मा अवस्थित पर्यटकीयस्थल खोप्रालेकबाट गत साउन २८ गते शनिबार बिहान देखिएको अन्नपूर्ण हिमालको आइसफल क्षेत्रको मनोरम दृश्य । खोप्राबाट अन्नपूर्ण र धौलागिरि हिमशृंखलाको आइसफल दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिर : कमल खत्री/रासस
पुरा पढ्नुहोस -
९ भाद्र २०७९, बिहीबार ११:२०दमौलीमा प्रथम मेयर कप
तनहुँको दमौलीमा बुधबारबाट सुरु गरिएको प्रथम मेयर कम फुटबल प्रतियोगिताको उद्घाटनका अवसरमा दमौलीमा निकालिएको शान्ति पद यात्रामा सहभागिहरु । व्यास नगरपालिका-४ स्थित सितलचोक युवा क्लवले व्यास-३ स्थित विपी वनबाटिका खेल मैदानमा सञ्चालन गरेको प्रतियोगितामा ४२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेतालाई २ लाख २…
पुरा पढ्नुहोस -
८ भाद्र २०७९, बुधबार ११:०८बालबालिकालाई फाइजर खोप
तनहुँको व्यास नगरपालिका-१ स्थित दरै भवनमा रहेको खोप केन्द्रमा मंगलबार बालबालिकालाई फाइजर खोप लगाइँदै । तनहुँका ३८ हजार बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ भाद्र २०७९, बुधबार ११:०७सुत्केरीको स्वास्थ्य परीक्षण
तनहुँको म्याग्दे गाउँपालिकाको थर्पु आधारभूत स्वास्थ्य केन्द्रकी स्वास्थ्यकर्मी वडा नं. ४ की सुत्केरी महिला र बच्चाको घरमै स्वास्थ्य परीक्षण गर्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ भाद्र २०७९, मंगलवार ११:५८तनहुँका युवतीको कौरा नृत्य
रोटर्याक्ट क्लव अफ दमौलीको २०औं पदस्थापन कार्यक्रममा कौरा नृत्य प्रस्तुत गर्दै युवतीहरु । कौरा गीत र नृत्य नयाँपुस्तालाई आकर्षित गर्ने गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस