फाेटाे फिचर
-
१३ श्रावण २०७९, शुक्रबार ११:३७घरघरमै भत्ता
तनहुँको बन्दिपुर गाउँपालिका-३ का वडाध्यक्ष परमेश्वर भट्टराइ वडाका घरघरमै पुगेर लावग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै । गाउँपालिकाले वडा, टोल तथा घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ श्रावण २०७९, शुक्रबार ११:३०थानीमाई मन्दिर
तनहुँको भानु नगरपालिका-७ मा रहेको थानीमाई मन्दिर । मन्दिर व्यवस्थापन समितिले मन्दिरसम्म पुग्ने पहुँच मार्गको स्तरोन्नती गरिदिन नगरपालिका तथा सरोकारवाला निकायसंग माग गरेको छ । तस्विर : डिपी अधिकारी/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ श्रावण २०७९, बिहीबार ११:११पर्याप्त पानी नपर्दा बेगनास तालमा पानीको सतह घट्दो क्रममा
कास्कीको लेखनाथस्थित बेगनास तालमा पानीको सतह घट्दो क्रममा । बर्खामा पनि पर्याप्त पानी नपर्दा तालमा पानीको सतह माथि आउनसकेको छैन । तस्बिर : वासुदेव पौडेल/रासस
पुरा पढ्नुहोस -
११ श्रावण २०७९, बुधबार ११:५०धुलाम्य बनेको डुम्रेको सडक
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजारको सडकमा उडेको धुलो । राजमार्ग विस्तारका कारण सडकमा दैनिक उड्ने धुलोले स्थानीयले सास्ती झेल्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ श्रावण २०७९, बुधबार ११:४२पहिरो हटाउँदै
डुम्रे-बेंसीसहर सडकखण्ड अन्तर्गत बेँसीसहर नगरपालिका वडा नं. १ रिठ्ठेबगर सडकखण्डमा गएको पहिरो मंगलबार बिहान एक्साभेक्टरको सहायताले हटाइदै । तस्विर : जनक श्रेष्ठ/रासस
पुरा पढ्नुहोस -
१० श्रावण २०७९, मंगलवार ११:११भगवान शिवको पुजा आरधाना
एशीयाकै ठूलो दाबी गरिएको तनहुँको बन्दिपुर गाउँपालिका-४ विमलनगर स्थित सिद्ध गुफा प्रवेशद्वारमा रहेको भगवान शिवको मुर्तीमा सोमबार पुजा आरधान गर्दै स्थानीय । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ श्रावण २०७९, सोमबार ११:१८जग्गा नापजाँचको विषयमा अन्तरक्रिया
तनहुँको शुक्लागण्डकी नगरपालिका-७ का भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगतबमोजिम जग्गा नापचाँज गर्ने विषयमा आइतबार अन्तरक्रिया गरिदै । नगरपालिकाले सोमबारबाट जग्गा नापजाँच कार्य प्रारम्भ गर्ने विषयमा नगर उपप्रमुख, राष्ट्रिय भुमी आयोग तनहुँका सदस्य, नापजाँच टोली, कर्मचारी तथा स्थानीयको उपस्थितिमा अन्तरक्रिया गरिएको थियो ।…
पुरा पढ्नुहोस -
८ श्रावण २०७९, आईतवार १३:०२सामाजिक सुरक्षा भत्ता
तनहुँको बन्दिपुर गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएपछि भत्ता बुझ्ने पर्खाइमा वडा नं. ६ का वृद्धाहरु । गाउँपालिकाले वडा तथा टोलटोलबाट समेत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ श्रावण २०७९, आईतवार १२:४४हसियाँमा रेटी लगाउँदै
बैंसीसहर नगरपालिका-८ स्थित एक आरनमा हसियाँ धारिलो बनाउन रेटी लगाउँदै वृद्धा । गाउँघरमा हसियाँ घाँस दाउरा काट्न प्रयोग गरिन्छ । तस्बिर : जनक श्रेष्ठ/रासस
पुरा पढ्नुहोस