फाेटाे फिचर
-
१४ पुष २०८२, सोमबार १२:५८अलपत्र अवस्थामा पुल
तनहुँको ऋषिङ गाउँपालिका–४ मधुवन र नवलपुरको बुलिङटार गाउँपालिका–४ कोखेटार जोड्ने कालीगण्डकीको गडगढीघाटमा अलपत्र अवस्थामा रहेको पुल । ४ वर्षमा सम्पन्न गर्ने गरी वि.सं. २०७३ असार २९ गते सम्झौता भएको पुलको काम ६० प्रतिशत मात्रै सकिएको छ । तस्बिर : सागर गिरी/रासस
पुरा पढ्नुहोस -
१३ पुष २०८२, आईतवार १३:२६गाउँको उत्पादन बजारमा
ग्रामीण क्षेत्रमा उत्पादित हरियो साग तनहुँको दमौली बजारमा बिक्रिका लागि लिएर हिड्दै एक महिला । ऋषिङ गाउँपालिका तथा व्यास नगरपालिकाको ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरकारी लगायतका कृषि उपज दमौली बजारमा बिक्रीवितरणका लागि ल्याउने गरिन्छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ पुष २०८२, आईतवार १२:५३तमु ल्होसारमा साँस्कृतिक झाँकी
तमु ह्युल छोँज धिं गुरुङ राष्ट्रिय परिषद शुक्लागण्डकी नगर इकाई समिति तनहुँद्वारा शनिबार दुलेगौँडामा तमु ल्होसार (नयाँ वर्ष) पर्वका अवसरमा निकालिएको झाँकीमा जातिय पहिचान झल्कने भेषभूषामा सजिएर सहभागि भएका गुरुङ समुदायका महिलाहरु । गुरुङ समुदायले यस वर्ष सर्प वर्गलाई बिदाइ र घोडा वर्गलाई स्वागत गर्दै…
पुरा पढ्नुहोस -
११ पुष २०८२, शुक्रबार १२:५६भानुमा तोरी खेतीको प्रदर्शनी कार्यक्रम
तनहुँको भानु नगरपालिकाको कृषि विकास शाखाले यस वर्ष वडा नं. ८ मा तोरी बालीको डेमोन्स्ट्रेसन कार्यक्रम सञ्चालन गरिदै । एउटै खेतमा फरक–फरक बीउ र प्रविधी प्रयोग गरी उत्पादनमा देखिने अन्तर किसानलाई प्रत्यक्ष रूपमा देखाउने कार्यक्रमको उद्देश्य रहेको छ । कार्यक्रमअन्तर्गत प्लट नं. १ मा सुधारिएको…
पुरा पढ्नुहोस -
९ पुष २०८२, बुधबार १२:४३गणेशमान चोकमा पार्क पुनर्निर्माण
तनहुँको व्यास नगरपालिका–२, गणेशमान चोकमा रहेको गणेशमान सिंहको स्मारक (पार्क)लाई नयाँ स्वरूप दिने गरी काम अगाडि बढाइएको छ । पार्कलाई नयाँ स्वरुपमा निर्माण पश्चात यस क्षेत्रको ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षामा सकरात्मक प्रभाव पर्ने बताइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ पुष २०८२, मंगलवार १३:२७शैक्षिक प्रदर्शनी
तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती उत्सवका अवसरमा विद्यार्थीको शैक्षिक प्रदर्शनी । पुस ८ गते स्वर्ण जयन्ती मनाउने तयारी गरेको विद्यालयले सोमबार विद्यार्थीहरूको प्रतिभा झल्कने शैक्षिक प्रदर्शनी, पुरस्कार वितरण र विविध सांस्कृतिक कार्यक्रम गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ पुष २०८२, सोमबार १३:०९कृषकको खेतबारीमा सेवा
कृषि विकास कार्यालय तनहुँका कृषि प्राविधिकहरु देवघाट गाउँपालिका–२ कुवादीका कृषकहरुको खेतबारीमै पुगेर सुन्तलाजात फलफूल व्यवस्थापन सम्बन्धी जानकारी गराउँदै । कार्यालयले कुवादी र कराङ्दिपका कृषकहरुलाई लक्षित गरी सुन्तलाजात फलफूल व्यवस्थापन तथा तरकारी खेती प्रविधि सम्बन्धी शिविर सञ्चालन गरेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ पुष २०८२, सोमबार १३:०४ध्यान गर्दै विद्यार्थी
तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयका विद्यार्थीहरु आइतबार विश्व ध्यान दिवसका अवसरमा विद्यालय प्राङ्गणमा ध्यान गर्दै । विश्व शान्ति र सद्भावका लागि ध्यान भन्ने सन्देश सहित विद्यालयमा ध्यान कार्यक्रम आयोजना गरिएको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ पुष २०८२, शुक्रबार १३:३६पुलसंग जोडिने पहुँच मार्ग
पृथ्वीरामार्जको मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलसम्म पुग्ने पहुँच सडक निर्माणका लागि भित्तो कटान गरिदै । सडक विस्तार योजनाले आगामि वैशाखसम्ममा पुल निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस