फाेटाे फिचर
-
११ फाल्गुन २०७८, बुधबार १२:३४प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्माबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुनुअघि एकापसमा अभिवादन गर्दै नेताहरु ।सौजन्य तस्विर : अध्यक्ष ओलीको सचिवालय/रासस
पुरा पढ्नुहोस -
१० फाल्गुन २०७८, मंगलवार ११:५०राष्ट्रिय परिचयपत्रको विवरण संकलन
तनहुँको व्यास नगरपालिका-१२ कमलवारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा राष्ट्रिय परिचयपत्रको विवरण संकलनका लागि गएका टोलीलाई आफ्नो विवरण दर्ता गराउँदै स्थानीयहरु । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० फाल्गुन २०७८, मंगलवार ११:२९केबलकारको टावर जडान
तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा निर्माणाधीन केबलकारको टावर जडानको काम गरिदै । केबलकारको टावर जडान लगायतका कामलाई तीब्रता दिइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ फाल्गुन २०७८, सोमबार १३:४३असिना पानी अनि गन्तव्य तर्फको यात्रा
पोखराको चिप्लेढुङ्गा महेन्द्र पुल क्षेत्रमा आइतबार परेको असिना पानीलाई छिचोल्दै गन्तव्य तर्फ जाँदै विद्यार्थी । आइतबार दिउँसो पोखरा लगायत आसपासका क्षेत्रमा भिषण असिना पानी पर्दा जनजीवन प्रभावित हुन पुगेको थियो । तस्विर : राधिका कँडेल/रासस
पुरा पढ्नुहोस -
९ फाल्गुन २०७८, सोमबार ११:४३तनहुँसुरको साग
तनहुँको व्यास नगरपालिका-११ स्थित तनहुँसुर सामुदायिक होमस्टेमा आएका पाहुँनालाई खुवाउनका लागि गाउँमै उत्पादन भएको रायोको साग काट्दै होमस्टे सञ्चालक । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ फाल्गुन २०७८, आईतवार ११:४७पदयात्रीलाई स्वागत
तनहुँसुर इकोट्रेकका लागि आएका पदयात्रीहरुलाई स्वागत गर्ने तयारीमा तनहुँको व्यास नगरपालिका-११ मुलपानीका बासिन्दाहरु । व्यास नगरपालिकाले समुन्द्र सतहबाट ४७० मिटरदेखि १२४० मिटरसम्मको उचाईसम्मको ६ दशमलव ५ किलोमिटर दुरीलाई इकोट्रेकका रुपमा विकास गरेको छ । ऐतिहासिक स्थल तनहुँसुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न तयार गरिएको इकोट्रेकमा…
पुरा पढ्नुहोस -
६ फाल्गुन २०७८, शुक्रबार ११:३२व्यवसायिक बाख्रा पालन
तनहुँको व्यास नगरपालिका-६ सुर्केमैदान, कृयापानीको शुभलक्ष्मी एग्रो फर्ममा पालिका बाख्रा । जिल्लाका युवाहरु पछिल्लो समय व्यवसायिक रुपमा उन्नतजातका बाख्रा पालन गरी राम्रो आम्दानी गर्न सफल भएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ फाल्गुन २०७८, शुक्रबार ११:२२ओखलमा धान कुट्दै वृद्धा
संखुवासभाको मकालु गाउँपालिका-३ उलिङमा परम्परागत ओखलमा धान कुट्दै वृद्धा । गाउँघरमा धान कुट्ने मिल नहुँदा ढिकी वा ओखलमा धान कुट्नुपर्ने वाध्यता अहिले पनि छ । तस्बिर : भविन कार्की/रासस
पुरा पढ्नुहोस -
६ फाल्गुन २०७८, शुक्रबार ११:२०आलु खन्दै कृषक
तनहुँको शुक्लागण्डकी नगरपालिका-८, ढोरफिर्दी स्थित पाटनका कृषकहरु आलु खन्दै । वडा कार्यालयले पाटनलाई आलु पकेट क्षेत्रको रुपमा विकास गरेपछि स्थानीय कृषकहरुले व्यवसायीक रुपमा आलुखेती गर्न थालेका छन् । तस्विर : राजकुमार आले/भञ्ज्याङ
पुरा पढ्नुहोस