फाेटाे फिचर
-
६ आश्विन २०७८, बुधबार ११:१६सोलरबाट विद्युत उत्पादत
तनहुँको शुक्लागण्डकी नगरपालिका-५ वेलचौतारा स्थित सोलार फार्ममा जडान गरिएका सोलर प्यानल । यहाँ १३ हजार २९६ वटा प्यानल जडान गरी उत्पादन गरिएको विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनमा जडान गरी बिक्री गरिएको छ । तस्विर: नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ आश्विन २०७८, मंगलवार ११:३१जोखिमपूर्ण बन्दै राजमार्गको यात्रा
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर-१ डुम्रेमा खाल्डाखुल्डी परेको सडक । बाढीपहिरोका कारण राजमार्गमा परेको खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रा जोखिमपूर्ण बन्दै गएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ आश्विन २०७८, मंगलवार ११:१२लाखे नृत्य
तनहुँको बन्दिपुर गाउँपालिका-१ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गर्न सोमबार आयोजित कार्यक्रममा लाखे नृत्य प्रस्तुत गर्दै स्थानीय नेवार समुदाय । तस्विर : रासस
पुरा पढ्नुहोस -
४ आश्विन २०७८, सोमबार ११:५५टल्कँदै लमजुङ हिमाल
लामो समयपछि मौसम खुलेसँगै आइतबार बिहान लमजुङ बेंसीशहरबाट देखिएको टल्किँदै गरेको लमजुङ हिमाल । यी लगायत दर्जनौँ हिमाल हेर्नकै लागि विदेशी पर्यटकसमेत आउने गरे पनि यतिबेला कोरोना संक्रमणका कारण लामो समयदेखि पर्यटक आएका छैनन् । तस्विर : जनक श्रेष्ठ/रासस
पुरा पढ्नुहोस -
४ आश्विन २०७८, सोमबार ११:४९पत्रकारलाई प्रशिक्षण
नेपाल पत्रकार महासंघ तनहुँको समन्वयमा शेयरकाष्ट नेपालले स्थानीय सरकारले चार वर्षको अवधिमा गरेको क्रियाकलाप, सुशासन लगायतका विषयमा सञ्चालन गरेको प्रशिक्षणमा सहभागि तनहुँका क्रियाशिल पत्रकारहरु । प्रशिक्षण कार्यक्रममा बरिष्ठ पत्रकार हरिबहादुर थापा, शेयरकाष्टका निर्देशक भूमि चापागाईले सहजिकरण गरेका थिए । यस्तै, प्रशिक्षणका अन्तिम दिन आइतबार स्थानीय…
पुरा पढ्नुहोस -
२ आश्विन २०७८, शनिबार ०७:४२उत्कृष्ट कर्मचारीलाई सम्मान
तनहुँको भिमाद नगरपालिकाले आयोजना गरेको स्वास्थ्य कार्यक्रमहरुको वाषिर्क समीक्षा गोष्ठीमा उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै प्रमुख प्रशासकीय अधिकृत थमनसिंह आले । कार्यक्रममा गत आर्थिक वर्षा सञ्चालन भएको स्वास्थ्यका कार्यक्रमबारे समीक्षा गरिएको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ आश्विन २०७८, शुक्रबार १२:२०कृषकको घरगोठमै सेवा
तनहुँको व्यास नगरपालिका-१३ बेलबासका केशव बहादुर थापाको किजिम गाई फार्मका गाई विरामी भएपछि उपचार गर्दै भेटेरिनरी अस्पताल तनहुँका पशु स्वास्थ्य प्राविधिक रुद्र ठकुरी । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३१ भाद्र २०७८, बिहीबार ११:२६जग्गादातालाई सम्मान
तनहुँको बन्दिपुर गाउँपालिका-२ स्थित कुकुर्दी आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माणलाई जग्गा दान गर्ने स्थानीय मन बहादुर गुरुङका परिवारलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा र उपाध्यक्ष कुरुणा गुरुङ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ भाद्र २०७८, मंगलवार ११:१३पहिरोले क्षति पुर्याएको सडकको मर्मत
श्रृंगपथ अन्तर्गत तनहुँको घिरिङ गाउँपालिकाको सुनाकोट सेर्का सडक खण्ड अन्तर्गत सेतो पहाड नजिकपहिरोले क्षति पुराएको सडकको मर्मत तथा सडक बिस्तार कार्य गर्दै मजदुर । विगत तीन महिनादेखिको वर्षाका कारण क्षतविक्षत् श्रृगपथ सञ्चालन गर्नका लागि सडक मर्मत सधार कार्य अघि बढाइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस