फाेटाे फिचर
-
२८ बैशाख २०७८, मंगलवार ११:१३निर्माणाधीन खानेपानीको संरचना
तनहुँको भानु नगरपालिका-७, ८ र ९ का लागि खानेपानी सुविधा पुर्याउन मर्स्याङ्दी लिफ्ट खानेपानी आयोजना अर्न्तर्गत निर्माण भइरहेको संरचना । ४ करोड ४३ लाख ५६ हजार ४३७ रुपैयाँको लागतमा उक्त आयोजनाको काम अगाडि बढाइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ बैशाख २०७८, मंगलवार ११:१०सुनसान आँवुखैरेनी बजार
सधै व्यस्त रहने तनहुँको आँवुखैरेनी बजारको मुख्य चोक सोमबार सुनसान अवस्थामा । दोश्रो लहरको कोरोना भाइरस संक्रमण समुदायस्तरमै फैलिएपनि जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञाका कारण जिल्लाका सबै बजार क्षेत्र सुनसान बनेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ बैशाख २०७८, सोमबार ११:१९देवघाटमा निर्माणाधीन बहुउद्देश्यीय भवन
तनहुँको देवघाट गाउँपालिका-५ मा निर्माण गरिदै गरिएको देवघाट क्षेत्र विकास समितिको बहुउद्देश्यीय भवन । करिब साढे चार करोड रुपैयाँको लागतमा उक्त भवन निर्माण गर्न लागिएको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ बैशाख २०७८, सोमबार ११:१६ट्राफिक प्रहरीलाई ट्राफिक संकेत बोर्ड
व्यास नगरपालिकाको क्षेत्रमा सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक ब्यबस्थापन कार्यको लागि नगरपालिकाले उपलब्ध गराएको २८ थान ट्राफिक संकेत बोर्डहरू । यी बोर्डहरू दमौली बजार क्षेत्र भित्र मालपोत लाइन र बाल मन्दिर, सत्यवती मावि क्षेत्रमा स्थायी पार्किङ, गणेशमान चोक, मनकामना चोक, उत्तरशिला चोक, भित्रको हेभि सवारी…
पुरा पढ्नुहोस -
२६ बैशाख २०७८, आईतवार ११:३९पहिरो नियन्त्रणको काम
प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि भएका मजदुरहरु तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ फिरफिरेस्थित मिलेनियम गुफा जाने बाटोमा पहिरो नियन्त्रणका लागि जाली भर्दै । यस कार्यक्रम मार्फत शुक्लागण्डकीमा २५ जनालाई रोजगारी दिइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ बैशाख २०७८, आईतवार ११:३८किसानलाई अनुदानमा मौरीघार
कृषि ज्ञान केन्द्र तनहुँले शुक्लागण्डकी नगरपालिका-१ का किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको मौरीको घार । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ बैशाख २०७८, शुक्रबार ११:४९निषेधाज्ञाले सुनसान दमौली (फोटोफिचर)
नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण दर बढ्दै जानुका साथै संक्रमणको जोखिम उच्च बन्दै गरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार राति १२ बजेदेखि जारी गरेको निषेधाज्ञाका कारण सुनसान बनेको दमौली बजार क्षेत्र । निषेधाज्ञाका कारण जिल्लाको आँवुखैरेनी, डुम्रे, भन्सार, दमौली, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रे, भिमाद…
पुरा पढ्नुहोस -
२४ बैशाख २०७८, शुक्रबार ११:२६ग्राहकको प्रखाइ (फोटोफिचर)
तनहुँको दमौली स्थित ट्राफिक चोकको सडक पेटीमा हरियो मकै तथा तरकारी बिक्रीका लागि लिएर बसेका व्यापारिहरु । बुधबार रातीदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएपछि तरकारी तथा खाद्यन्न खरिद बिक्रीका लागि बिहान ७ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म व्यापार व्यवसाय खुल्ला गर्न पाउने…
पुरा पढ्नुहोस -
२३ बैशाख २०७८, बिहीबार १२:१५तयारी भयो आइसोलेसन कक्ष (फोटोफिचर)
तनहुँको शुक्लागण्डकी नगरपालिका वेलचौतरा स्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा तयार गरिएको आइसोलेसन कक्ष । जिल्लाका १० वटै पालिकाको लागत सहभागितामा निर्माण गरिएको भवनमा ३० बेड क्षमताको आइसोलेसन कक्ष तयार गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस