फाेटाे फिचर
-
१६ फाल्गुन २०७७, आईतवार १२:१६पाउँदुरे नाच संरक्षण अभियान
तनहुँको भानु नगरपालिका-१३ रयाले बर्खोलाका श्री मिर्लुङकोट भयरथान युवा क्लबले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा पाउँदुरे नाच प्रस्तुत गर्दै स्थानीय गुरुङ समुदाय । गुरुङ समुदायको परम्परागत संस्कृति पाउँदुरे नाच नयाँपुस्ताले नाच्न चासो नदेखाउँदा लोप हुने खतरामा पुगेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ फाल्गुन २०७७, आईतवार ११:५०ऋषिमा अध्यक्ष कप शुरु
तनहुँको ऋषिङ गाउँपालिकाले शनिबारदेखि सञ्चालन गरेको प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटन गर्दै संविधानसभा सदस्य झुलबहादुर आले । गाउँपालिकाले पालिकास्तरीय भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद १ लाख ३५ हजार, ८० हजार र ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ…
पुरा पढ्नुहोस -
१४ फाल्गुन २०७७, शुक्रबार ११:३२मालेपाटन-१ जातको बोडीको वीउ
तनहुँको देबघाट गाउँपालिका-३ नालबुङ्गको राज एकीकृत कृषि फार्म र गुरुङ एकीकृत कृषि फार्मले उत्पादन गरेको मालेपाटन-१ जातको बोडीलाई बीउका रुपमा प्रमाणिकरण पश्चात बिक्री वितरणको लागि तयारी गरिदै । यहाँ उत्पादित बोडीको वीउविजन प्रयोगशाला गण्डकी प्रदेशले प्रमाणित स्तर र उन्नत स्तरको गरी दुइ वर्गमा बीउको प्रमाणिकरण…
पुरा पढ्नुहोस -
१४ फाल्गुन २०७७, शुक्रबार ११:२६निन्जा जातको कांक्रोको विरुवा हुर्कदै
तनहुँको बन्दिपुर-१ नाहालाका कृषक बिष्णु बहादुर खत्रीले व्यवसायिक रुपमा गरेको कांक्रो खेती। कृषक खत्रीले मल्चिङ प्रविधिबाट पाखो बारीमा माघ १७ गते रोपेको निन्जा जातको कांक्रोका विरुवामा चिचिला लाग्न थालेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ फाल्गुन २०७७, बिहीबार ११:४१विद्यार्थीको स्वागत गीत र नृत्य
तनहुँको भानु नगरपालिका-२ नारेश्वरटार स्थित होमराज लोहोनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयको ७०औं वार्षिकोत्सव तथा अभिभावक भेलामा सहभागिहरुलाई स्वागत गीत र नृत्य प्रस्तुत गरी स्वागत गर्दै विद्यार्थीहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ फाल्गुन २०७७, बुधबार ११:२०घिरिङमा सहायक सामाग्रि वितरण
तनहुँको घिरिङ गाउँपालिकाद्वारा अपाङ्गता भएका व्यत्तिका लागि निःशुल्क सहायक सामाग्रि वितरण गर्दै गाउँपालिकाका अध्यक्ष रनबहादुर राना । गाउँपालिकाले राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको सहयोगमा सेतो छडी, बैसाखी, हृविल चियार लगायतका सहयोग सामाग्रि वितरण गरेको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ फाल्गुन २०७७, बुधबार ११:१७भूमिहिन तथा अव्यवस्थितको तथ्याङ्क संकलन
तनहुँको शुक्लागण्डकी नगरपालिका-१० साँखेमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क संकलन गरिदै । जिल्लाका छ वटा स्थानीय तहमा भूमि सम्बन्धी समस्या समाधानका लागि तथ्याङ्क संकलनको काम भइरहेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ फाल्गुन २०७७, मंगलवार ११:५९विद्यालयबाट घर फर्कदै बालिकाहरु
तनहुँको ऋषिङ गाउँपालिका-८ हवेलीडाँडा स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत स्थानीय बालिकाहरु विद्यालय विदा भएपछि घर फर्कदै । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ फाल्गुन २०७७, मंगलवार ११:३४भिमादका विद्यार्थीको विज्ञान तथा शैक्षिक सामाग्रि प्रदर्शन (फोटोफिचर)
तनहुँको भिमाद नगरपालिकाले आयोजना गरेको ‘चौथो भिमाद मेयर कप-२०७७’ को खुल्ला वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामासंगै विद्यार्थीहरुको विज्ञान तथा शैक्षिक सामाग्रि प्रदर्शनी पनि गरेको छ । नगरपालिकाले खेलकुद प्रतियोगितासंगै विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरेको विज्ञान तथा शैक्षिक सामाग्रि प्रदर्शन, नृत्य प्रदर्शन…
पुरा पढ्नुहोस