फाेटाे फिचर
-
२२ पुष २०७७, बुधबार ११:३३गाउँको तरुल बजारमा
तनहुँको म्याग्दे गाउँपालिकाको जामुनाका कृषक आफ्नो बारीमा उत्पादित तरुल दमौलीको अनशनचौतारीमा बिक्रिका लागि लिएर बस्दै । उनले प्रतिकिलो ८० रुपैयाँमा तरुल बिक्री वितरण गर्ने गरेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ पुष २०७७, बुधबार ११:२६दिवा खाजाका लागि व्यवस्थापन सामाग्री
तनहुँको म्याग्दे गाउँपालिकाले बालबालिकालाई दिवा खाजा खुवाउन आवश्यक पर्ने सामाग्रि विद्यालयलाई वितरण गर्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ पुष २०७७, मंगलवार ११:२१साँस्कृतिक कार्यक्रम
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भिमाद नगर कमिटी (प्रम ओली पक्ष)ले सोमबार भिमादमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै स्थानीय कलाकारहरु। तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० पुष २०७७, सोमबार ११:३१खण्डहर बन्दै तनहुँसुर
ऐतिहासिक र पुरातात्विक महत्व बोकेको तनहुँको तनहुँसुर दरबार क्षेत्रको बस्ति । सुख र सुविधाको खोजीमा यहाँका बासिन्दा दमौली, चितवन लगायतका बजार क्षेत्रमा बसाइ सराइ गरी जाँदा यहाँका परम्परागत घर र बस्ति खण्डहरमा परिणत हुँदै गएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० पुष २०७७, सोमबार ११:१५मिर्लुङ भयाँर थान
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङकोटमा रहेको भयाँर थान । मिर्लुङ, रिस्ति लगायतका क्षेत्रका बासिन्दाले मनोकांक्षा पुरा हुने आस्था र विश्वासका साथ मंगलबारका दिन बलि सहितको पुजाअर्चना गर्ने गर्दछन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ पुष २०७७, शुक्रबार ११:५३गोठमा गाईगोरु
तनहुँको व्यास नगरपालिका-५ को मानुङका एक कृषकको गोठमा बाँधिएका गाईगोरु । कृषि कर्म तथा मलका लागि गाईगोरु पाल्ने गरिएपनि पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत यसरी गाईगोरु पाल्ने प्रचलन हराउँदै गएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ पुष २०७७, बिहीबार ११:४५तमु ल्होसार २०७७
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ स्थित टुटेपानीमा तमु ल्होसार २०७७ का अवसरमा आयोजित कार्यक्रममा सहभागिहरु । कोरोना भाइरस संक्रमण जोखिम कायमै रहेका कारण तनहुँका गुरुङ समुदायले अघिल्ला वर्षरु जस्तो भिडभाडजन्य कार्यक्रम नगरी ल्होसार पर्व शुभकामना आदान प्रदान गरी मनाएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ पुष २०७७, बुधबार ११:३९लयमा फर्किएको दमौली
तनहुँको सदरमुकाम दमौलीको सफासडकमा मंगलबार दिउँसो देखिएको चहलपहल । कोरोना भाइरस संक्रमण जोखिम कायमै रहेपनि जिल्लाका सबै क्षेत्र पूर्णरुपमा खुलेका छन् । स्वास्थ्य सुरक्षाको कुनै पनि मापदण्ड पालना नगरी राजनीतिक दलका भिडभाडयुक्त जुलुस, सभा, सम्मेलन हुन थालेका छन् भने नागरिकहरु पनि लापरवाही गरी आफ्नो दैनिकीमा…
पुरा पढ्नुहोस -
१४ पुष २०७७, मंगलवार १६:१८तनहुँमा प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन सहित विरोध सभा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले तनहुँमा ‘शक्ति प्रदर्शन’ गरेको छ । संसद विघटनको विरोधमा जिल्ला सदरमुकाम दमौलीमा शक्ति प्रदर्शन सहित विरोध सभा गरेका छन् । व्यास नगरपालिका-३ पार्टी कार्यालयबाट निस्केको विरोध र्यालीले दमौली बजार परिक्रम गर्दै अनशनचौतारी स्थित खुल्ला मैदानमा पुगेर विरोध सभामा…
पुरा पढ्नुहोस