चौमासिक परीक्षा दिँदै विद्यार्थी

मुगुको सदरमुकाम गमगढीस्थित महाकाली नुमूना माध्यमिक विद्यालयका विद्यार्थी आइतबार खुल्ला चौरमा प्रथम चौमासिक परीक्षा दिँदै । मापदण्ड अनुसार शिक्षक नहुँदा अध्ययन अध्यापनमा कठिनाइ हुँदै आएको छ । कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा एक हजार ५०० भन्दा बढी विद्यार्थी अध्यनरत छन । तस्बिर : नृपेन्द्र बहादुर मल्ल/रासस










