फाेटाे फिचर
-
५ कार्तिक २०७७, बुधबार ११:४७कृषकलाई सधैको चटारो
असारमा रोपिएको धानको विऊ फलेर पाकेपछि थनकाउन व्यस्थ रहेका तनहुँको आँवुखैरेनी-१ याम्पाका कृषकहरु ।धान पाकेपछि कृषकहरुले काटेर केही दिन निहन हालेर सुकाएपछि स-साना मुठा बनाएर कुनियो लगाउने तथा झाटेर धानपराल छुट्याउने गर्दछन् । यति बेला उन्नतजातका धानको विऊ रोपेका कृषकहरु दशै पर्व र कोरोना कहरलाई…
पुरा पढ्नुहोस -
४ कार्तिक २०७७, मंगलवार ११:०७खनजोतमा प्रविधिको प्रयोग
तनहुँको आँवुखैरेनी गाउँपालिका-१ याम्पा स्थित सत्रसय फाँटमा वर्खेधान थन्काएपछि हिउँदे खेतीका लागि हाते ट्याक्टरले खेत जोत्दै गरेका एक कृषक । कृषकहरु पछिल्लो समय प्रविधि र उन्नत जातका विऊविजन प्रयोग गरी कम लागतमा राम्रो प्रतिफल लिन तर्फ आकर्षित हुँदै गएका छन् । तस्विर : निशा थापा…
पुरा पढ्नुहोस -
३ कार्तिक २०७७, सोमबार १३:१२दशैंका लागि गाउँबाट बजार ल्याईए खसीबोका
दशै पर्वका लागि बिक्री वितरण गर्न तनहुँको ग्रामीण क्षेत्रबाट दमौली बजारमा ल्याईएका खसीबोका । बिगतका वर्षरु जस्तो खसीबोकाको खरिद बिक्री अहिले नभएको व्यापारीहरुले बताएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ कार्तिक २०७७, आईतवार १२:०६धानको कुनियो बनाउँदै आँवुखैरेनीको सत्रसयका कृषक
तनहुँको आँवुखैरेनी गाउँपालिका-१ सत्रसय फाँटका एक कृषक धानको कुनियो बनाउँदै । कृषकहरुले धान पाकेपछि काटेर सुकाउने र कुनियोमा केही दिन राखेपछि दाई हालेर धान परल छुट्याउने गर्छन । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ कार्तिक २०७७, आईतवार ११:४९सरसफाई गरी दशै पर्वलाई स्वागत
तनहुँको म्याग्दे गाउँपालिका-३ स्थित नयाँबजार पसलेका बासिन्दाहरु सडक बस्तिको बाटो वरपर सरसफाई गर्दै । यहाँका बासिन्दाले प्रत्येक महिनाको पहिलो शनिबार प्रत्येक घरका १/१ जना सदस्यको उपस्थितिमा सरसफाई गर्ने गर्छन भने दशै पर्व नजिकिएपछि पनि यसरी नै सरसफाई गर्ने प्रचलन छ । यस्तै, यहाँका बासिन्दाले महिनाको…
पुरा पढ्नुहोस -
१ कार्तिक २०७७, शनिबार १६:११तनहुँको भिमाद नगरपालिकामा झण्डा पूजा गरी नयाँ झण्डा फेरियो (फोटोफिचर)
भञ्ज्याङ समाचारदाता (भिमाद) तनहुँको भिमाद नगरपालिकाले आज घटस्थापनाका दिन कार्यालयमा झण्डा पूजा गरी नयाँ झण्डा फेरेको छ । प्रत्येक वर्षआश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैको पहिलो दिन घटस्थापानका अवसरमा कार्यालयले विधिपूर्वक पूजाअर्चना गरी नयाँ झण्डा फेरेको हो । नवरात्रको पहिलो दिन आज…
पुरा पढ्नुहोस -
१ कार्तिक २०७७, शनिबार १२:२९पछ्यौरा बुन्दै दमौलीकी एक महिला
तनहुँको व्यासनगरपालिका-२ गणेशमानचोक नजिक तानमा पछ्यौरा बुन्दै एक महिला । मासु पसलसमेत सञ्चालन गर्दै आएकी यी महिला फुर्सदको समयमा पछ्यौरा बुन्ने गर्छिन् । तस्विर : सानेबहादुर नेपाली/रासस
पुरा पढ्नुहोस -
३० आश्विन २०७७, शुक्रबार १२:१२विद्यालयमा भलिबल खेल
तनहुँको बन्दिपुर गाउँपालिका-६ खहरेटार स्थित श्री सेती गंगा आधारभूत विद्यालयका विद्यार्थीहरु विद्यालय प्राङ्गणमा भलिबल खेल खेल्दै । कोरोना भाइरस संक्रमण त्रासकै बीच विद्यालयहरु खुल्ला गरिएपछि लकडानका कारण करिब सात महिना घरमै थुनिएका बालबालिका अहिले उत्साहका साथ विद्यालय जाने गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० आश्विन २०७७, शुक्रबार १२:०२राम्रोसंग मास्क लगाउन नभुल्नुस
दमौलीबाट ग्रामीण क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे नगरेको अनुगमन गर्न हिड्को जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल सही रुपमा मास्क लगाउन सचेत गराउँदै । जिल्ला प्रहरी कार्यालय, स्थानीय व्यवसायी लगायतका सहकार्यमा तनहुँका बजार क्षेत्रमा सर्वसाधारणलाई मास्क, स्यानिटाइजरको…
पुरा पढ्नुहोस