फाेटाे फिचर
-
२२ भाद्र २०८२, आईतवार १३:४६ग्रामीण जीवनशैली
तनहुँको बन्दीपुर गाउँपालिकाको धरमपानी गाउँमा घरको दलानमा झुत्ता बनाएर राखिएका मकै । ढुंगामाटोको प्रयोग गरी निर्माण गरिएका परम्परागत घरमा किसानहरुले आफुले उत्पादन गरेका मकै लगायतका अन्नबाली सुकाउन तथा भण्डारण गर्ने यो दृष्य पछिल्लो केही वर्ष यता दुर्लभ बन्दै गएका छन् । यस्तै, परम्परागत शैलीमा बनाइएका…
पुरा पढ्नुहोस -
२२ भाद्र २०८२, आईतवार १३:३०छिम्केश्वरीमाईको मन्दिर
तनहुँको आँवुखैरेनी गाउँपालिका–५ छिम्कालेकमा रहेको धार्मिक आस्था र विश्वासले भरिपूर्ण छिम्केश्वरीमाईको मन्दिर । तनहुँको उच्च पहाडी भूधरातालमा अवस्थित यस मन्दिर र छिम्केश्वरी क्षेत्र धार्मिक, साँस्कृतिक, ऐतिहासिक, जैविक, पर्यवरण तथा पर्यटकीय हिसावले निकै महत्वपूर्ण गन्तव्यका रुपमा रहेको छ । गाउँपालिका तथा प्रदेश सरकारले यस मन्दिर र…
पुरा पढ्नुहोस -
२० भाद्र २०८२, शुक्रबार १३:२३सडकको डिभाइडरमा हरियो दुबो
मुग्लिन पोखरा सडक अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा बजार क्षेत्रमा सडकको डिभाइडरमा दुबो रोपेर हरियाली बनाइदै । मुग्लिन–पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड (जामुने–पोखरा)ले सडक विस्तार कार्यलाई तीब्रता दिएको छ भने सडकको डिभाइडरमा दुबो रोपेर हरियाली बनाउँदै लगेको छ । योजनाले दुलेगौंडा बजार क्षेत्रमा छ…
पुरा पढ्नुहोस -
२० भाद्र २०८२, शुक्रबार १३:१०सचेतनामूलक कार्यक्रम
निजामती सेवा दिवसको अवसरमा बिहीबार जिल्ला प्रशासन कार्यालय तनहुँमा आयोजित डेङ्गी रोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी । निजामती सेवा दिवसका अवसरमा तनहुँमा विविध कार्यक्रम गरी मनाइँदैछ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ भाद्र २०८२, बिहीबार १२:३२घरदैलोमै सेवा
तनहुँको घिरिङ गाउँपालिका–४ का अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरूको घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दै गाउँपालिकाका कर्मचारीहरु । वडा नं. ४ का वडाअध्यक्ष भिम बहादुर कुमाल, वडा सचिव कृष्णप्रसाद पाण्डे लगायतको टोलीले गडौलिटार, नयाँटारका गाउँबस्तिको घरदैलोमै पुगेर सेवा प्रवाह गरेका थिए । तस्विर :…
पुरा पढ्नुहोस -
१८ भाद्र २०८२, बुधबार १२:५३मस्तिष्क पक्षघात प्रभावित बालबालिकाको स्वास्थ्य परीक्षण
तनहुँको भिमाद नगरापलिका–६ स्थित जनज्योति माध्यमिक विद्यालयमा आयोजित मस्तिष्क पक्षघात प्रभावित बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गर्दै चिकित्सक । मस्तिष्क पक्षघात स्वावलम्बन समूह, नेपालले विद्यालयको दिवा सेवा स्याहार केन्द्रमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरमा बालरोग विशेषज्ञ डा. प्रज्ञा…
पुरा पढ्नुहोस -
१३ भाद्र २०८२, शुक्रबार १२:४८सेती नदीमाथिको निर्माणाधिन पुल
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाले पश्चिम खण्ड (जामुने–पोखरा) अन्तर्गत कास्कीको पृथ्वीचोक नजिकै रहेको सेती नदीमा निर्माण गर्दै गरेको पुल। योजनाले करिब एक अर्ब रुपैयाँको लागतमा २/२ लेनको दुई वटा पुल निर्माण गरिरहेको छ । कास्की खण्डको निर्माणाधीन सेती नदिमाथिको पुलको भौतिक प्रगति करिब ४८…
पुरा पढ्नुहोस -
१२ भाद्र २०८२, बिहीबार १८:१९गाउँमै रोजगारी
तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको औद्योगिकग्राममा बासबाट कुचु तयार गर्दै स्थानीय महिलाहरु । उद्योगमा स्थानीयस्तरमै उपलब्ध हुने बासबाट कुचो, नाङ्गलो, मुढा, डोको लगायत विभिन्न सामाग्रि तयार गरी बिक्री वितरण गर्ने गरिएको छ भने एक दर्जन भन्दा बढी स्थानीय महिलाहरुले रोजगारी पाएका छन् । तस्विर :…
पुरा पढ्नुहोस -
१२ भाद्र २०८२, बिहीबार १८:०८नृत्य प्रतियोगिता
तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित न्युभिजन युथ क्लवले बुधबार आयोजना गरेको १३औँ खुला तीज एवं नृत्य प्रतियोगितामा नृत्य गर्दै तनहुँ नाचघरका कलाकार । प्रतियोगितामा यो समुह प्रथम हुन सफल भएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस