फाेटाे फिचर
-
११ भाद्र २०८२, बुधबार १२:२८पैदलयात्रुलाई ट्राफिक सचेतना
दमौली बजार क्षेत्रमा छ लेनको सडक विस्तारसंगै पैदलयात्रुलाई सुरक्षित ढंगले सडक वरपार गराउन सचेतना गरिदै। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको सहकार्यमा एलायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक्ट १०४५ ले “जेब्रा क्रसिङबाट बाटो काटौँ अरुलाई पनि काट्न लगाउँ” भन्ने सन्देश दिंदै सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको संयोजक अजित…
पुरा पढ्नुहोस -
१० भाद्र २०८२, मंगलवार १३:२२घरघरमै पुगेर स्वास्थ्य सचेतना
तनहुँको भिमाद नगरपालिका–२ को विभिन्न टोल तथा घरघरमै पुगेर सर्वसाधारणलाई जापनिज ईन्सेफलईटीस रोगका विषयमा सचेतना जगाउँदै । भिमाद नगरपालिका–२ का ८० बर्षीय पुरूषमा जापनिज ईन्सेफलाईटिस रोग देखापरेपछि नगरपालिकाको स्वास्थ्य शाखा, प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँबाट खट्टिएको स्वास्थ्यकर्मीहरुको टोलीले रोगको सम्पर्क, परीक्षण तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेका…
पुरा पढ्नुहोस -
९ भाद्र २०८२, सोमबार १३:४७आँखा शिविरमा सेवा लिंदै
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ वेलचौतारास्थित जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लायन्स क्लब अफ दुलेगौंडा खैरेनी सिटी र लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटीले संयुक्त रुपमा आयोजना गरेको नियमित आँखा शिविरमा आँखा परीक्षण गराउँदै स्थानीय सेवाग्राहीहरु । उक्त शिविरमा ८३ जना सेवाग्राहीहरूको आँखाको परीक्षण गरिएको थियो…
पुरा पढ्नुहोस -
८ भाद्र २०८२, आईतवार १२:०६गाउँको उत्पादन हाटबजार पठाउने तयारी
तनहुँको भानु नगरपालिकाले वडा नं. २ स्थित नारेश्वरटारमा प्रत्येक शनिबारका दिन सञ्चालन गर्दै आएको कृषि हाटबजारमा बिक्रीवितरणका लागि पठाउने तयार गर्दै वडा नं. ४ स्थित खातीथोकका कृषकहरु । यहाँका कृषकहरुले रसायनरहित कृषि प्राविधिकबाट प्रमाणित गरी गोलभेडा उत्पादन गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ भाद्र २०८२, शुक्रबार १३:१९आरनमा हाँसिया बनाउँदै
लमजुङको मध्यनेपाल नगरपालिका–६ भदौरेका भिमबहादुर विश्वकर्मा आरनमा हँसिया बनाउँदै । कोइरालको प्रयोग गरी फलामबाट हँसिया, हथौडा, खुकुरी, कुटो, कोदालोलगायत घरेलु तथा कृषि औजारहरु निर्माण गरी दैनिकी चलाउँदै आएको विश्वकर्मा बताउँछन् । पछिल्लोसमय आधुनिक प्रविधिबाट बनेका घरेलु तथा कृषि औजारहरुको प्रयोग बढ्दै जानु तथा युवापुस्ता आकर्षित…
पुरा पढ्नुहोस -
६ भाद्र २०८२, शुक्रबार १३:११सेती नदी किनार संरक्षणका लागि तटीय क्षेत्रमा तटबन्ध
दमौली । तनहुँ जलविद्युत् आयोजनाले बाँधस्थलभन्दा तलको तटीय क्षेत्रमा बाढीजन्य जोखिम न्यूनीकरणका लागि नदी किनार संरक्षण कार्य अघि बढाएको छ । आयोजनाको प्याकेज–१ अन्तर्गत बाँध (हेडवर्क्स) स्थलतल पर्ने ऋषिङ गाउँपालिका–१ को होक्सेटारमा सेती नदीको दायाँ किनार र व्यास नगरपालिका–५ पाटन क्षेत्रमा बायाँ किनारमा ग्याबियन पर्खाल…
पुरा पढ्नुहोस -
५ भाद्र २०८२, बिहीबार १३:००भुइकटरको व्यापार
तनहुँको आँवुखैरेनी गाउँपालिकाको कृषि हाटबजारमा गाउँमा उत्पादित भुईकटर खरिद बिक्री गरिदै । ग्रामीण क्षेत्रका कृषकले उत्पादनको उपज खरिद बिक्रीका लागि हाटबजार उपयुक्त गन्तव्य बनेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ भाद्र २०८२, मंगलवार १२:४६शुक्लागण्डकीको टोलटोलमै पालिकाको सेवा
तनहुँको शुक्लागण्डकी नगरपालिकाको १२ नम्बर वडाका बासिन्दालाई वडाको टोलटोलमै पुगेर सेवा प्रवाह गर्दै पालिकाका कर्मचारीहरु । नगरपालिकाले वायोमेट्रिक पद्धतीबाट सामाजिक सुरक्षा भत्ता नविकरण कार्य टोलटोलमै पुगेर सेवा दिन थालेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ भाद्र २०८२, मंगलवार १२:३७डुम्रे बजारमा अनुगमन
खाद्य डिभिजन दमौली र बन्दीपुर गाउँपालिका–१ वडा कार्यालयको समन्वयमा डुम्रे बजारमा बजार अनुगमन गरिदै । नियमीत बजार अनुगमनका क्रममा नमूना संकलन तथा उजुरी गुनासो सम्बोधन गरिएको थियो । अनुगमनका क्रममा सरसफाइको कमी देखिएको डुम्रे बजारको एक मिठाइ पसललाई किचन, पिठो मुछ्ने ठाउँ, फ्रिज सफा गर्न…
पुरा पढ्नुहोस