फाेटाे फिचर
-
८ असार २०८१, शुक्रबार १०:५६चैते धान थन्काउने चटारो
तनहुँको व्यास नगरपालिका-११ फराकचौरस्थित नारायण वाग्लेको तनहुँ फार्ममा गरिएको चैतेधान खेती पाकेपछि थनकाउनका लागि झाँट्दै कृषकहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ असार २०८१, बिहीबार १२:२५राष्ट्रिय परिचयपत्रका लागि वडाबाटै विवरण संकलन
तनहुँको भानु नगरपालिका-१३ मा बुधबार राष्ट्रिय परिचयपत्रका लागि आवश्यक विवरण संकलन गर्दै घुम्ती टोली । सामाजिक सुरक्षाभत्ता लाभग्राहीलाई आगामि आर्थिक वर्षदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि भानु नगरपालिकाकाले वडा वडामा जिल्ला प्रशासन कार्यालय तनहुँसंग समन्वय गरी विवरण संकलन कार्य सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ असार २०८१, बुधबार १२:१८महिलालाई उद्यमी बनाउन सीप मुलक तालिम
तनहुँको घिरिङ गाउँपालिकाले महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले सञ्चालन गरेको मुढा बुन्ने तालिममा सहभागि महिलाहरु । गाउँपालिकाको वडा नं. ३ का महिलाहरुलाई १५ दिनका तालिम प्रदान गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ असार २०८१, मंगलवार १२:४६सडक विस्तारका लागि भित्तो कटान
पृथ्वीराजमार्गको मुग्लिन-पोखरा विस्तार योजना अन्तर्गत तनहुँको डुम्रे बजार खण्डमा सडक विस्तारका लागि बित्तो कटान गरिदै । राजमार्गको पूर्वी खण्ड (आँवुखैरेनी-जामुने) भित्रका बजार क्षेत्रमा सडक सिमाभित्रका केही भौतीक संरचना नहटाइदा सडक विस्तार कार्यले गतिलिन सकेको छैन । तस्विर : भूमिका आले मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ असार २०८१, सोमबार १२:४९परम्परागत आरन
तनहुँको बन्दीपुर गाउँपालिका-१ स्थित डुम्रेमा परम्परागत आरनमा काँचो फलामको औजार बनाउँदै स्थानीय शिल्पी । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ असार २०८१, सोमबार १२:३८राजमार्गमा दोस्रो तहको कालोपत्र
निर्माणाधीन मुग्लिन-पोखरा सडक अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित गाउँपालिका चोकदेखि दोस्रो तहको कालोपत्र तयारी गरिँदै । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ असार २०८१, शुक्रबार १३:०७चौतारो पुनःनिर्माण
तनहुँको भानु नगरपालिका-१२ स्थित बयापानी भञ्ज्याङमा जीर्ण बनेको चौतारो सिमन्टर बालुवाको प्रयोग गरी पुनःनिर्माण गरिदै । संरक्षणका अभावमा पछिल्लो समय चौताराहरु जीर्ण र नासिदै गएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३१ जेष्ठ २०८१, बिहीबार ०९:२६पृथ्वीराजमार्गको पहिरोग्रस्त क्षेत्र
पृथ्वीराजमार्ग अन्तर्गत निर्माणाधिन मुग्लिन पोखरा सडकखण्डको तनहुँको व्यास-१ मुसेखोला नजिक पहिरोको जोखिमग्रस्त क्षेत्र । राजमार्ग विस्तारका क्रममा डाँडा खनिएपछि यो ठाउँ सुक्खा पहिरोको जोखिममा छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३१ जेष्ठ २०८१, बिहीबार ०९:२४रैथाने बालीको परिकार बनाउने तालिम (तस्विरहरु)
तनहुँको बन्दीपुर गाउँपालिका-५ कोरीखा सामुदायिक होमस्टे सञ्चालकहरुलाई रैथाने बालीको परिकार बनाउने तालिम दिइदै । गाउँपालिकाले रैथाने वालि प्रवर्द्धन कार्यक्रम अन्तर्गत रैथाने बालीको परिकार विविधिकरण संरक्षण प्रवर्द्धन सम्बन्धी दुइ दिने तालिम सञ्चालन गरी कोदो, मकै, फापर लगायतका वालीबाट विभिन्न परिकार बनाउन सिकाइएको थियो । …
पुरा पढ्नुहोस