फाेटाे फिचर
-
३० बैशाख २०८१, आईतवार १२:२५सवारी चालकको स्वास्थ्य परीक्षण
ट्राफिक सप्ताह अन्तर्गत ट्राफिक प्रहरी कार्यालय डुम्रेले आयोजना गरेको सार्वजनिक सवारीका चालक स्वस्थ्य परीक्षण कार्यक्रमका सहभागिहरु । शनिबार डुम्रे बजारमा रहेको मोति हेल्थ क्लिनिकमा प्रेशर जाँच र आँखाको परीक्षण गरिएको ट्राफिक कार्यालय डुम्रेका प्रमुख विशाल परियारले जानकारी दिए । तस्विर : डिपि अधिकारी/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ बैशाख २०८१, शुक्रबार ०९:३९मादल बजाउने तालिम
तनहुँको व्यास नगरपालिका-४ मा सञ्चालित मादल बजाउने तालिमका सहभागी । तस्विरः भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ बैशाख २०८१, बिहीबार १२:३६हिलाम्मे सडक
निर्माणाधीन मुग्लिन पोखरा सडक अन्तर्गत तनहुँको व्यास नगरपालिका-३ जिल्ला प्रहरी कार्यालय अगाडि बुधबार हिलाम्मे रहेको सडक । तस्विरः भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ बैशाख २०८१, बुधबार १२:५६प्रभातफेरीका सहभागी
ट्राफिक सप्ताह-२०८१ कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक कार्यालय तनहुँले दमौलीमा निकालेको प्रभातफेरीमा सहभागीहरु । तस्बिरः भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ बैशाख २०८१, मंगलवार १२:५०घाँसीकुवा क्षेत्र
तनहुँको व्यास नगरपालिकास्थित घाँसीकुवा क्षेत्रमा पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्न काटिएको भित्ता र हरियो बन्दै गएको चैते धान खेती । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ बैशाख २०८१, मंगलवार १२:०८नेतृत्व तथा क्षमता विकास तालिम
तनहुँको व्यास नगरपालिकाले सोमबारदेखि सञ्चालन गरेको तीन दिने ‘नेतृत्व तथा क्षमता विकास तालिम’मा सहभागी महिला जनप्रतिनिधिहरु । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ बैशाख २०८१, सोमबार १३:१७गाउँघर क्लिनिकमा स्वास्थ्य परीक्षण
तनहुँको शुक्लागण्डकी नगरपालिका-१० लोकादीटारको गाउँघर क्लिनिकमा स्वास्थ्य परीक्षण गर्न आएका स्थानीय महिलाहरु । कुमाल समुदायको बाहुल्यता रहेको लोकादीटारको गाउँघर क्लिनिकमा आइतबार डा. विज्ञान क्षेत्रीले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरेका थिए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ बैशाख २०८१, आईतवार १२:३७सम्पदाको संरक्षण
तनहुँको ऋषिङ गाउँपालिका-८ ऋषिङरानीपोखरीमा रहेको ऐतिहासिक महत्वको रानीपोखरी पुनःनिर्माण गरी संरक्षण गरिदै। गाउँपालिकाले ऐतिहासिक सम्पदाको संरक्षण गरी ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने नीति लिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ बैशाख २०८१, आईतवार १२:२८सडक कालोपत्र
तनहुँको घिरिङ गाउँपालिका-४ मा कालोपत्र गरिएको सडक । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत मानपुरदेखि ढेडगाउँ जोड्ने सडक अन्तर्गत एघार किलोमिटर दूरीमा कालोपत्र गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस