स्वास्थ्य/जीवनशैली
-
जाडोमा हृदयाघातको उच्च जोखिम
नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले बुझ्न आवश्यक छ । अस्वस्थ जीवनशैली नै मुटसम्बन्धी रोगको…
पुरा पढ्नुहोस -
‘विद्यालय नर्स’ का लागि तनहुँका दुई विद्यालय छनोट
गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विद्यालय नर्स’ कार्यक्रमका लागि तनहुँका दुई विद्यालय छनोट गरेको छ । प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रमबमोजिम यहाँका दुई विद्यालय ‘विद्यालय नर्स’ कार्यक्रमका लागि छनोट भएका हुन् । आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित श्रृङ्ग माध्यमिक विद्यालय यो कार्यक्रमका लागि छनोट…
पुरा पढ्नुहोस -
स्वस्थानी व्रतकथा सुरु
वैदिक सनातन परम्परा अनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एक महिने अवधिलाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि…
पुरा पढ्नुहोस -
तनहुँको म्याग्देमा दश शय्याको अस्पताल बन्दै
तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पतालको काम ५० प्रतिशत सकिएको छ । म्याग्दे गाउँपालिका–४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम आधा सकिएको हो । विसं २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको अस्पताल भवनको काम तीव्रगतिमा अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।…
पुरा पढ्नुहोस -
चेपाङ समुदायका महिला : मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी ज्ञान शुन्य
छोरा जन्माउने चाहना गर्दा मनिषा चेपाङ २८ वर्षकै उमेरमा ७ सन्तानकी आमा बन्न पुगिन । २० वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी मनिषाले पहिलो बच्चा २१ वर्षको उमेरमै जन्माइन् । छोराको चाहना गर्दागर्दै धेरै छोरी जन्मिएको बताउँने मनिषा अहिले ४ छोरी र ३ छोराकी आमा हुन् । तनहुँको व्यास नगरपालिका-११ राम्चे…
पुरा पढ्नुहोस -
तन्नेरीमा बढ्दो हृदयघातको समस्या, व्यायाम गर्नेमा कम हृदयघात
तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ । मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी हृदयघात हुने १२ प्रतिशत ४५ वर्षमुनिका युवा रहेको बताउनुहुन्छ ।…
पुरा पढ्नुहोस -
नेपालमा पाँच वर्षको अवधिमा बाल मृत्युदर घट्यो
नेपालमा पाँच वर्षको अवधिमा बालमृत्यु दरमा घटेको पाइएको छ । हालै सार्वजनिक गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले नेपालमा पाँच वर्षमा बालमृत्युदर घटेको पाइएको हो । सर्वेक्षणअनुसार नेपालमा प्रतिएक हजारमा ३३ जना बालमृत्युदर भएको उल्लेख गरिएको छ । यसअघि सन् २०१६ गरिएको सर्वेक्षणमा प्रतिएक हजारमा ३९ जना बालमृत्युदर…
पुरा पढ्नुहोस -
महिला स्वास्थ्य स्वयंसेवीका
तनहुँको शुक्लागण्डकी नगरपालिकाको स्वास्थ्य शाखाले १९औं सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीका दिवसका अबसरमा रक्तदान कार्यक्रम गरी सामुहिक तस्विर खिचाउँदै शुक्लागण्डकीका महिला स्वास्थ्य स्वयंसेवीकाहरु । नगरपालिकाको स्वास्थ्य शाखाले खैरेनीटार हेल्थ्पोष्टमा नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
स्वास्थ्य स्वयंसेविका : गाउँका डाक्टर !
जीवनको ऊर्जाशील समय स्वयंसेवामा बित्यो । धेरै आमा र बच्चाको जीवन बच्यो । गाउँ घरमा स्वास्थ्य चेतना प्रदान गर्न महिला स्वास्थ स्वयंसेविकाको भूमिका प्रमुख रहृयो । जिल्लाको व्यास नगरपालिका-११ की ६१ वर्षीया जमुना गुरुङ स्वयंसेविकाको नामले परिचित छिन्। गाउँघरमा गर्भवती र सुत्केरी आमा र बच्चाको स्वास्थ्य अवस्था बुझनेदेखि सरकारले थालनी…
पुरा पढ्नुहोस -
सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने पाल्पा, स्याङ्जा र तनहुँको सङ्गमस्थल केलादी मेला
पाल्पा : कालीगण्डकी बेँसीको महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा केलादीघाटलाई लिइन्छ । पाल्पा, स्याङ्जा र तनहुँको सङ्गमस्थलमा रहेको केलादीघाट यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रुपमा रहेको छ । यहाँ लाग्ने मेलाले सामाजिक सद्भाव, संस्कार र संस्कृतिलाई एकापसमा जोड्ने गरेको छ । स्थानीय उत्पादनको बजारीकरण, आफन्त तथा साथीभाइबीचको भेटघाट, मनोरञ्जन, पुण्य प्राप्ति…
पुरा पढ्नुहोस