एमाले भिमाद नगर कमिटीको अध्यक्षमा थापा निर्वाचित

नेकपा एमाले भिमाद नगर कमिटीको दोश्रो अधिवेशनबाट इमानबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् । भिमाद नगर कमिटीको नयाँ नेतृत्वका लागि सोमबार राती भएको निर्वाचनमा थापा निर्वाचित भएका हुन् ।
थापाले १४६ मत पाएका थिए भने उनका प्रतिस्पर्धी उम्मेदवार उज्वल खनालले ८९ मत पाएका थिए ।
नगर कमिटी उपाध्यक्षमा चतुर्भुज सुवेदीले १६५ मत पाई निवाचित भए भने उपाध्यक्षका अर्का उम्मेदवार निमकान्त पौडेलले ७० मत पाएका थिए ।
यसैगरि महिला उपसचिवमा नारायणी गैह्रे लामिछानेले १६९ मत पाई निर्वाचित भएकी छन भने उनकी प्रतिस्पर्धी उम्मेदवार चन्द्रावती श्रेष्ठले ६१ मत प्राप्त गरेकी छन ।
नगर कमिटीको सचिवमा भिमसेन थापा बलु र खुल्ला उपसचिवमा दिनेश थापा भने सर्वसम्मत निर्वाचित भएका थिए ।