नेपाल-भारतबीच ८ समझदारी

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । फरेन्सिक विज्ञान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, भूउपग्रह सञ्चार र सहरी विकासलगायत क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो ।

समझदारीपत्रमध्ये एउटा गुजरातको गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी छ । त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच पनि समझदारी भएको छ ।

नेपालका निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि समझदारी भएको छ । यसमा भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स, प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभाग र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान सहभागी छन् ।

अन्य समझदारी आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणाली, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि र पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा रहेका छन् ।

नेपालको सूचना तथा सञ्चार मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) बीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने विषयमा पनि सम्झौता भएको छ ।

यी आठवटै समझदारीले विभिन्न क्षेत्रमा नेपाल र भारतबीचको द्विपक्षीय सहकार्य र संस्थागत साझेदारीलाई थप सुदृढ बनाउने लक्ष्य राखेका छन् ।

यसअघि प्रधानमन्त्री शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा नेपालतर्फ दार्चुला र भारततर्फ धार्चुला जोड्ने मोटर चल्ने पुल तथा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको उद्घाटन गरेका थिए ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्तापछि आयोजित भर्चुअल समारोहमा दुई नेताले तीनवटा परियोजनाको शिलान्यास पनि गरेका थिए । शिलान्यास गरिएका परियोजनामा भारतको उत्तराखण्डस्थित बनबासामा एकीकृत जाँच चौकी, झापामा ग्रिनफिल्ड पेट्रोलियम भण्डारण केन्द्र र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना छन् ।

त्यसैगरी, दुई नेताले नेपालस्थित जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्ट स्टेसन जोड्ने नयाँ यात्रुवाहक रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ को पनि भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker