२२औ अन्तर्राष्ट्रिय आप्रवासी दिवसमा दमौलीमा दीप प्रज्वलन

भञ्ज्याङ न्यूज

२२औ अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा तनहुँको दमौलीमा बैदेशिक रोजगारीको सिलसिलामा दिवंगत भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

सेवा प्रदायक संस्था ग्रामीण सशक्तीकरण समाज -सामी परियोजना) आयोजनाले शुक्रबार साँझ तनहुँको सदरमुकाम दमौलीमा २२र्अौ अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा प्रशासन चोकमा दीप प्रज्वलन गरेको हो ।

‘सीपमूलक र सुरक्षित रोजगार, मर्यादित श्रम आप्रवासनको मूल आधार’ भन्ने मुल नाराका साथ दमौलीको अनसन चौतारीमा दीप प्रज्वलन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रादेवी पौडेलले बैदेशिक रोजगारीको सिलसिलामा दिवंगत भएका प्रति श्रद्दा सुमन व्यक्त गर्दै बिदेशमा जाने आउने युवायुवतीहरुले तालिम सिकेर मात्रै बैदेशिक रोजगारीमा जान आग्रह गरिन ।

सामी परियोजनाले बैदेशिक रोजगारीको अवससरमा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग र उद्दार गरेर उदाहरणीय कार्य गरेको उनले बताइन् ।

सामी परियोजनाका फोकल पर्सन सुनिल पाण्डेले बैदेशिक रोजगारले देशको ठुलो हिस्सा ओगाटेको बताउँदै ग्रामीण क्षेत्रको तल्लोस्तरसम्मका नागरिकहरुको गुजारा, निर्भरता आप्रवसनले गरेको चर्चा गर्दै बैदेशिक रोजगारमा जाँदा सीपमूलक र सुरक्षित रोजगारको सिर्जना गर्न सचेत बन्न आग्रह गरे ।

बैदेशिक रोजगारीको सिलसिलामा बिदेश जाने जिल्ला मध्ये १८औं जिल्लामा तनहुँ रहेको बैदेशिक रोजगार बोर्डका अधिकृत शैलेस मिश्रले बताए ।

जिल्ला प्रशासन कार्यालय तनहुँबाट अहिले पनि दैनिक सरदर ४० जनाले राहदानी लिने गरेको बताउँदै उनले बैदेशिक रोजगारको क्रममा ठगिने, मृत्युवरण र अलपत्र परेका परिवारलाई राहत तथा उद्धारको कार्य वितरण सामी परियोजना मार्फ सेवा प्रदायक संस्था ग्रामीण सशक्तीकरण समाज गर्दै आएको बताए ।

तनहुँका भानु नगरपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा सामी परियोजना अर्न्तगत कार्यक्रम सञ्चालन भएका छन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रबाट जिल्लाभरकै व्यक्तिहरुलाई परामर्श र सुचना पाउने काम भैरहेको सामी परियोजनाकी जिल्ला संयोजक लुना रानाले बताइन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker