कोरोना संक्रमणबाट तनहुँका एक जनाको मृत्यु, ९ जना नयाँ संक्रमित थपिए

  • भञ्ज्याङ समाचारदाता (दमौली)

कोरोना संक्रमणबाट तनहुँकी एक महिलाको पोखरामा मृत्यु भएको छ । व्यास नगरपालिका-१ की ६८ वर्षीया महिलाको उपचारका क्रममा गण्डकी मेडिकल कलेज, पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

तनहुँमा यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । यस अघि व्यास नगरपालिकामा ४ जना, भिमाद नगरपालिकामा ३ जना, आँवुखैरेनी गाउँपालिकामा २ जना, म्याग्दे गाउँपालिकामा १ जना र शुक्लागण्डकी नगरपालिकामा १ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

यस्तै, आजमात्रै तनहुँमा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरणमा लाईफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि. पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा तनहुँका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भिमाद ६ का ३७ वर्षका पुरुष र भिमाद ८ का ६२ वर्षका पुरुष, व्यास ५ का ३६ वर्षीय पुरुष र शुक्लागण्डकी ४ का २७ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा म्याग्दे गाउँपालिकाका ३ का २६ वर्षीया महिला र म्याग्दे ६ का ४३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ऋषिङ गाउँपालिका १ का ३३ वर्षीय पुरुष, व्यास ८ का ४० वर्षीय पुरुष र शुक्लागण्डकीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker