हावाहुरीले विद्यालयको छानो उडायो

तनहुँको घिरिङ गाउँपालिका-२ कोटबैदी स्थित श्री सिद्ध आधारभूत प्राथमिक विद्यालयको हावाहुरीले उडाएको छानो । गत सोमबार आएको हावाहुरीले विद्यालयको दुइ कोठे भवनको जस्तापाताले छाएको छानो उडाउँदा झ्याल ढोकामा पनि क्षति पुग्नुका साथै विद्यार्थीको पठनपाठनमा समेत असर पुर्याएको विद्यालयका शिक्षक तुलाराम गुरुङले जानकारी गराए ।
तस्विर : भञ्ज्याङ










