दुम्सी रेडक्रसको सामुदायिक एम्बुलेन्स अभियानलाई एक लाख ७७
भञ्ज्याङ न्यूज

नेपाल रेडक्रस सोसाइटी दुम्सीको उपशाखाको सामुदायिक एम्बुलेन्सका लागि अभियानका संयोजक व्यास १० डिहीगाउँ निवासी इश्वर पौडेल परिवारले १ लाख ७७ रुपैयाँ सहयोग गरेको छ । एम्बुलेन्सका लागि आर्थिक सहयोग जुटाउन सक्रिय पौडेलले आफ्ना तर्फाट र्सवाधिक रकम प्रदान गरेका हुन् । करिब ३० लाख रुपैयाँ संकलनको लक्ष्य राखिएकामा एक सय ९४ जनाबाट २९ लाख १६ हजार ७७४ रुपैयाँ सहयोग प्रतिवद्धता प्राप्त भएको उपशाखा सभापति रामदत्त पौडेलले बताए ।
सोसाइटीले एम्बुलेन्स सेवा शुरु गरिसकेको छ । सर्वाधिक सहयोग गरेका पौडेललाई यसस्कर सदस्यताको लागि नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले केन्द्रमा सिफारिस समेत गरिसकेको छ । सोसाइटी जिल्ला शाखाका सभापति कृष्णहरि वाग्लेले एम्बुलेन्स अभियानले रेडक्रसको मानवीय सहयोग अभियान नागरिकस्तरसम्म पुर्याएको बताए।










