शुक्लागण्डकीमा काङ्ग्रेसको वडा अधिवेशन : वडा नम्बर ८ मा स्थगित, ४ मा चुनाव, अन्यमा सर्वसम्मत
राजकुमार आले

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शुक्लागण्डकी नगरपालिकामा पनि शुक्रबारदेखि अधिवेशन शुरु भएको छ । शुक्रबार सम्पन्न भएको अधिवेशनले वडा नं–१ मा कृष्णबहादुर गुरुङलाई वडा सभापतिमा सर्वसम्वत चयन गरिएको छन् ।उपसभापतिमा गोविन्द सुवेदी र इजातली मियाँ, सचिवमा भिमबहादुर गुरुङ र पृथ्वीराज मल्ल, सहसचिवमा विष्णुमाया वि.क र लक्ष्मण गुरुङ सर्वसम्वत चयन भएका हुन् ।
त्यस्तै, वडा नं २ मा ध्रुवराज पौडेल सभापतिमा सर्वसम्वत चयन भएका छन् ।उपसभापतिमा राजेन्द्र गुरुङ, नारायणी खनाल, सचिवमा गंगामणी गौतम र प्रज्ववल गुरुङ, सहसचिवमा रोविर गुरुङ र ईश्वर रिमाल चयन भएका छन् ।
वडा नं ३ मा युवराज श्रेष्ठ सभापतिमा सर्वसम्वत चयन भए । उप–सभापतिमा सचिन भुजेल र दीपेन्द्र रिमाल चयनका छन् । सचिवमा टुकादेवी आचार्य र सन्तोष राज सिग्देल,सह–सचिवमा रामप्रसाद पोख्रेल र कृष्णप्रसाद न्यौपाने चयन भएका छन् ।
वडा नं ४ मा अहिले मतगणना भइरहेको छ । सभापतिमा सर्वसम्वत गराउने प्रयास भएपनि तीन जनाकोे उम्मेद्वार परेपछि मतदान गरिएको हो । सभापति पदका लागि डिलबहादुर श्रेष्ठ, प्रकाश थापा र राजुराम श्रेष्ठ चुनावी मैदानमा छन् । त्यस्तै क्षेत्रीय प्रतिनिधिमा पनि आकाँक्षी धेरै भएपछि मतदान भएको छ । १६८ जना ले मतदान गरेका छन् । अहिले मतगणा जारी छ ।
वडा नं ८ मा अधिवेशन नै स्थगित भएको छ । अबको केहिबेरमा मतपरिणाम आउने वडा सभापति एवं वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । पार्टीको उपसभापतिमा सन्तोष श्रेष्ठ र कृष्ण जि.टी, सचिवमा नारायण पौडेल र मिनबहादुर थापा, सहसचिवमा मननारायण श्रेष्ठ र नारायण रिमाल चयन भएका छन् ।
वडा नं ५ को सभापतिमा हरिराज अधिकारी निर्विरोध चयन भएका छन् ।उपसभापतिमा भोज राज लामिछाने र शिवमाया थापा, सचिवमा गणेश ढकाल र हुमबहादुर भट्ट, सहसचिवमा मुक्ति कोइराला र पवन ढकाल चयन भएका छन् ।
यसैगरी, वडा नं ६ को सभापतिमा रवि केसी सर्वसम्वत चयन भएका छन् ।उपसभापतिमा सुदिप ढकाल र शेरबहादुर केसी, सचिवमा प्रमोद लामिछाने र जयश्वर पाण्डे, सहसचिवमा राजेश ढकाल र विक्रम थापा मगर चयन भएका छन् ।
त्यसैगरी, वडा नं ७ मा ईश्वर शर्मा सभापतिमा चयन भएका छन् । उपसभापतिमा श्रीराम राना र रमेश थापा र सचिवमा आकाश कार्की चयन भएका छन् । अन्य नामावली आउन बाँकी छ ।
त्यसै गरी वडा नं ८ मा भने अधिवेशन स्थगित भएको छ । काँग्रेस भित्रकै एक समुहले हुलदंगा गर्दा अधिवेशन स्थगित भएको बताइएको छ ।अधिवेशनको प्रक्रिया चलिरहेको बेलामा अधिवेशन प्रभावित गर्न चाहाने समुह निर्वाचन कार्यालयमा पसी कागजात जफत गरेर लगेपछि हालका लागि स्थगित भएको वडाध्य एवं पार्टीका वडा सभापति कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।
त्यस्तै, वडा नं–९ मा पुनः रामप्रसाद पाठक सभापतिमा सर्वसम्वत चयन भएका छन् ।उपसभापतिमा विनोद राउत र शंकर थापा, सचिवमा युवराज पराजुली र मेघनाथ पौडेल, सहसचिवमा चोलाकान्त सिग्देल र प्रकाश पौडेल चयन भएका छन् ।
वडा नं १० मा खड्कग विक्रम खाँड ठकुरी सर्वसम्वत सभापतिमा चयन भए । उपसभापतिमा मिनबहादुर खत्री र कर्ण बहादुर थापा, सचिवमा ओमबहादुर थापा र सहसचिवमा हुमकुमारी राना र श्रीमाया कुमाल चयन भएका छन् ।
त्यस्तै वडा नं ११ मा रविन्द्र विक्रम थापा सभापतिमा सर्वसम्वत चयन भएका छन् । उपसभापतिमा पुण्यप्रसाद भट्टराई र डिल्लीराम भट्टराई, सचिवमा पिताम्बर सिग्देल, सहसचिवमा विदुर सिग्देल र नारायण प्रसाद भट्टराई चयन भएका छन् ।
त्यसैगरी, वडा नं १२ को सभापतिमा पुनःगजबहादुर गुरुङ निर्विरोध चयन भएका छन् ।उपसभापति तुलबहादुर खाँड र महेन्द्र गौतम, सचिवमा फक्तबहादुर गुरुङ र होमबहादुर गुरुङ, सहसचिवमा तेजनारायण कोइराला, किरण शाही रचयन भएका छन् ।










