पीडितलाई न्याय दिन सञ्जाल तनहुँको माग

भञ्ज्याङ समाचारदाता/दमौली

आठ वर्षघि आफुमाथि यौन शोषण भएको घटना सार्वजनिक गरेकी एक युवतीलाई महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँले पनि साथ दिएको छ । सन् २०१४ मा भएको मिस ग्लोबल इन्टरनेशल प्रतियोगितामा सहभागी भएकी सुस्मिता रेग्मीलाई सोही कार्यक्रमको आयोजकले बलात्कार गरेको घटना देशव्यापि रुपमा विरोध भइरहेको बेला सञ्जालले पनि दोषिलाई कारवाहीको माग तथा बलात्कार सम्बन्धी कानुन संशोधनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

सञ्जालले सोमबार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल मार्फत दोषी उम्किने वातावरण नबनोस् र पीडित थप पीडित बन्ने अवस्था नआओस् भन्दै सञ्जालकी अध्यक्ष कल्पना पौडेलको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

यस्तै, हदम्याद सम्बन्धी कानुन व्यवस्थाले बल्लतल्ल न्यायको लागि आवाज उठाएकी पीडितलाई हतोत्साहित गर्ने र अन्य यस्ता प्रकृतिका घटनाबाट पीडित भएकाहरुलाई पनि आवाज उठाउन साहस नआउने भन्दै हदम्याद खारेज गर्नुपर्ने सञ्चालले माग गरेको छ । बलात्कार जस्तो जघन्य अपराधमा पीडितहरुले हदम्यादकै कारण न्याय पाउनबाट बञ्चित नहुन भन्ने उद्देश्यले हदम्याद खारेज हुनुपर्ने सञ्जालले माग राखेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker