म्याग्देमा निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालनमा

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गरेको छ । स्वास्थ्य मिर्गौला, समृद्ध म्याग्दे गाउँपालिका भन्ने मुल नाराका साथ मिर्गौला वचाउ अभियान राष्ट्रिय कार्यक्रम नेपाल र राष्ट्रिय मिर्गौला केन्द्र काठमाडौंको प्राविधिक सहयोग तथा र्सर्ुय नेपाल प्रा.लि.को आर्थिक सहयोगमा शुरु गरिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी गराए ।

शिविरको शुभारम्भ गर्दै अध्यक्ष श्रेष्ठले पालिका भित्रका जनतालाई स्वास्थ्य बनाउनका लागि कसरी अभिभावकीय बन्न सकिन्छ भन्ने सोचका साथ पालिकाले निःशुल्क रुपमा मिर्गौला परीक्षणको कार्यक्रम ल्याइएको वताए ।

सामान्य खानपिन र स्वास्थ्यमा ध्यान नदिदा मिर्गौला रोगले ग्रसित बनिरहदा मिर्गौला पीडितहरु दैनिक जसो सहयोगका लागि पालिका धाइरहदा जनताको दुःखमा साथ दिने अभियानमा पालिका जोडिएको अध्यक्ष श्रेष्ठले बताए ।

पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरले हेर्दा आम जनतालाई समान्य लागेता पनि यो जनताप्रतिको जवाफदेहिता रहेको बताए । रोग लागिसकेपछि उपचार गर्न पर्ने बाध्यता अगावै सचेत हुनका लागि यो शिविरले महत्वपूर्ण भूमिका बताउँदै उनले आधारभुत स्वास्थ्य आम जनताको पहिलो प्राथमिकता रहेकाले रोग लाग्नु पुर्व नै ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा सुर्य नेपालका मानव संशाधन विभागका प्रमुख अन्जन दवाडीले कम्पनिको समाजिक उत्तरदायित्व अन्तर्गत रहेर सकेको सहयोग गरेको बताए । गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले पालिका आमजनताको स्वास्थ्यसंग अत्यन्तै संवेदनशील भएको हुँदा यसअघि पनि आम जनताको स्वास्थ्यसंग जोडिएर विभिन्न शिविर गरिसकेको र अब आउने फागुनको पहिलो हप्ता पाठेघरको क्यान्सर परीक्षणको शिविर सञ्चालन गर्ने तयारी भएको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker