बन्दिपुर वडा नं. १ को विपत कोषलाई दुइ लाख सहयोग

भञ्ज्याङन्यूज/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिका-१ को बिपद् व्यवस्थापन कोषमा एनएमबि बैक डुम्रे शाखाले दुइ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो रकम उपलब्ध गराइएको बैंकका शाखा प्रमुख संगम अधिकारीले बताए ।

बैंकका शाखा प्रमुख अधिकारीले वडाध्यक्ष शिवकुमार श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । अकस्मात भवितव्य पर्दा वा पृथ्वीराजमार्ग अन्तर्गत यस वडा क्षेत्रमा घरहरु भत्किदा जुनसुकै समयमा पनि बिपद आउन सक्ने भएकाले बिपद कोष खडा गरी रकम जम्म गर्न थालिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

विपत कोषका लागि सडक आयोजनाबाट पाउने मुआब्जा समेत घरधनीहरुले लिएको मुआव्जाको ०.५ प्रतिशत बिपद कोषमा गर्नुपर्ने व्यवस्था भएपनि वडा कार्यलयले विपद कोष खडा गरेको अध्यक्ष श्रेष्ठले बताए ।

बैंकले गाउँपालिकाको वडा नं ४ लाई पनि एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । भवितव्य, बाढी पहिरो, वन्यजन्तु आक्रमण, आपतविपद, भूक्षय, भुकम्प, आगलागि लगायतका बिपदमा कोषमा जम्मा भएको रकमबाट राहत स्वरुप उपलब्ध गराउने व्यवस्था मिलाइने अध्यक्ष श्रेष्ठले बताए ।

बिपद न्यूनिकरणको पूर्वतयारीका लागि अग्निजन्य नियन्त्रण, बाढी पहिरो, नदीजन्य उद्दार लगायतका सामाग्रीहरु वडा कार्यालयमा व्यवस्थापन गरिएको छ । बिपदको पूर्व तयारीमा अन्य वडा कार्यालयको तुलनामा यस वडा कार्यालय अग्रस्थानमा रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker