कांग्रेस तनहुँको अधिवेशन : बैकुण्ठ र जितप्रकाशको प्यानलमा क-कस्को उम्मेदवारी ?

भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत तनहुँमा शनिबार जिल्ला अधिवेशन हुँदै छ । वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन सम्पन्न गरी जिल्ला अधिवेशनको तयारीमा कांग्रेस तनहुँ जुटेको हो। वडा तहदेखिनै दुइ समुहबीच प्रतिस्पर्धा हुँदै आएको कांग्रेस तनहुँको अधिवेशन पेचिलो बन्दै गएको छ ।

विहीबार जिल्ला सभापति बैंकुण्ठ न्यौपाने र कार्यवाहक सभापति जितप्रकाश आले समुहको प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । सभापति पदका आकांक्षी न्यौपाने र आले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हार्डलाइनर मानिएपनि आले संस्थापन निकट नेताहरुको समुहबाट प्रतिनिधित्व गरी उम्मेदवारी दर्ता गराएका छन् ।

संस्थापन निकट मानिएका केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराइ, ध्रुव वाग्ले लगायतका नेताहरुको समुहबाट आलेले सभापति पदको दाबा गर्दै उम्मेदवारी दर्ता गराएका छन् । यता जिल्ला सभापति न्यौपानले केन्द्रमा कृष्ण सिटौला निकट मानिएका केन्द्रीय सदस्य प्रदिप पौडेलसंग समुह बनाएर पुनः सभापति पद दाबी गर्दै प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन् ।

अधिवेशनका लागि बिहीबार न्यौपानेको टिमबाट उपसभापतिमा उदयराज गौली र किसान गुरुङ, सचिवमा बालकृष्ण घिमिरे र केशबहादुर सुनार, सहसचिवमा मिलन आले र धिरेस खनालको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै, आलेको टिमको उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ, सचिवमा सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल, सहसचिवमा परमेश्वर भट्टराइ र हुतमणि अधिकारीको उम्मेदवारी दर्ता भएको छ ।

कांग्रेस तनहुँको अधिवेशनले ४८ पदमा नेतृत्व चयन गर्दैछ । पदाधिकारी सहित ४८ पदका लागि दुबै समुहबाट उम्मेदवारी दर्ता भएको छ भने केही पदमा सर्वसम्मत पनि भएको छ । दलबल सहित पार्टी कार्यालय पुगेका पदका आकांक्षीहरुले उम्मदेवारी दर्ता गरेका छन् । जिल्ला अधिवेशनले सात पदाधिकारी सहित ४१ सदस्य निर्वाचित गर्नेछ भने प्रत्येक गाउँपालिकाबाट एक महिला सहित एक अन्य गरी कूल १२, प्रत्येक नगरपालिकाबाट एक महिला सहित दुइ अन्य गरी १२ जना सदस्य निर्वाचित हुनेछन् ।

समानुपातिक सदस्यतर्फप्रत्येक सदस्यको दुइ तिहाईले हुने १६, अल्पसंख्यक, मुस्लिम, अपाङ्गबाट एक, खसआर्यतर्फदुइ महिला सहित चार, आदिवासी जनजातितर्फचार महिला सहित ९, दलिततर्फएक महिला सहित तीन सदस्य निर्वाचित हुने छन् ।

जिल्ला सदस्यका लागि ऋषिङ गाउँपालिकाबाट दुर्गाबहादुर राना, रामनाथ काफ्लेको उम्मेदवारी परेको छ । ऋषिङ गाउँपालिकाबाट यमुना श्रेष्ठ, घिरिङ गाउँपालिकाबाट पशुपति पोख्रेल र्सवसम्मत निर्वाचित भएका छन् भने महिलातर्फबोमाया राना र लक्ष्मी माया बस्ताकोटीको उम्मेदवारी परेको छ ।

म्याग्दे गाउँपालिका अन्यतर्फ मनिराज मगर र सूर्यमोहन काफ्लेले उम्मेदवारी दर्ता गरेका छन् भने महिलातर्फ बद्रिका भट्टराइ सवसम्मत भएकी छन् । बन्दिपुर गाउँपालिकामा अन्यतर्फ शिव खत्री र सुबोध अधिकारी, महिलातर्फइनकन खनाल र केशमाया गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

देवघाट गाउँपालिकाबाट महिलातर्फभीमकुमारी धाई थापा सर्वसम्मत भएकी छन् भने अन्यतर्फखम्बासिंह राना र बाबुराम पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । आँवुखैरेनी गाउँपालिकाबाट महिलातर्फविमला कुंवर र्सवसम्मत भएकी छन् भने अन्य तर्फकेशवनाथ खनाल र भिष्मकान्त गौलीले उम्मेदवारी दिएका छन् ।

यस्तै, व्यास नगरपालिकाबाट महिलातर्फइन्दिरा दरै र कल्पना पोख्रेल तथा अन्यतर्फ तीर्थराज भट्टराइ, रामप्रसाद मिश्र, रामशरण अधिकारी र सूर्यभक्त भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । शुक्लागण्डकी नगरपालिकाबाट अन्त्यतर्फअम्बिका घिमिरे, श्रीराम सुवेदी, तारा अधिकारी, शिवकुमारी श्रेष्ठ, महिलातर्फमधुमाया पन्थी र रोजिना खातुनले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी गराएका छन् ।

भिमाद नगरपालिकाबाट अन्यतर्फदया पौडेल, प्रेमकुमार श्रेष्ठ, रमेश भण्डारी, रामनाथ सुवेदीले उम्मेदवारी दिएका छन् भने महिलातर्फनिरन्जना खनाल र्सवसम्मत भएकी छन् । भानु नगरपालिकाबाट अन्त्यतर्फचन्द्रप्रकाश पौडेल, चिरञ्जीवि ढकाल, राजकुमार श्रेष्ठ र राम रेग्मी, महिलातर्फवृन्दा रानाभाट र सिर्जना श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, सदस्य महिला खसआर्यतर्फ पवित्रा घिमिरे, सुशीलादेवी शर्मा, सरस्वती अधिकारी, सिर्जना तिवारी, सदस्य खुल्ला खसआर्य समानुपातिक तर्फनहकुल अधिकारी, टिकाराम हड्खले, रामबहादुर अधिकारी, विष्णुभक्त न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

महिला आदिवासी जनजातितर्फकमलादेवी घर्ती, केशरी थापा मगर, केशरी दुरा, भिमकुमारी आले, माया राना, रिया गुरुङ, विन्दु गुरुङ, विष्णुमाया प्रधानको उम्मेदवारी परेको छ । अन्य आदिवासी तर्फइन्द्रबहादुर थापा, गलबहादुर गुरुङ, तिलबहादुर थापा, नविन थापा मगर, प्रेमबहादुर थापा, प्रतापसिं गुरुङ, भरतकुमार श्रेष्ठ, रुद्र थापा मगर, सुकनारायण मल्ल र सुमन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

अल्पसंख्यक, मुस्लिम, अपाङ्ग तर्फदलबहादुर दुरा र महमद जवारदिन मियाँ -मुन्ना)ले उम्मेदवारी दिएका छन् । केन्द्रीय महाधिवेशन तर्फअपाङ्ग कोटामा खुमबहादुर थापा, दिपक भट्टर्राई र प्रकाश पन्थको उम्मेदवारी परेको छ भने प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधि अपाङ्ग कोटामा कृष्णबहादुर थापा र ताराकुमारी पोख्रेलले उम्मेदवारी दर्ता गराएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker