चितवनको मिनी म्याराथनमा तनहुँको निर्मल माविका दुइ छात्राले सातौ र नवौ स्थान प्राप्त गरी पुरस्कृत

भञ्ज्याङन्यूज

रोटरी क्लब अफ रत्ननगरले आयोजना गरेको रोटरी मिनी म्याराथनमा तनहुँको दमौली स्थित निर्मल माध्यमिक विद्यालयका दुइ छात्रा पनि पुरस्कृत हुन सफल भएका छन् ।

महिलातर्फको पाँच किमी दौड प्रतियोगितामा सहभागि भएका निर्मल माविका छात्राहरु व्यास-१० दुम्सीचौरकी मेनुका गुरुङले सातौ स्थान र भानु-१२ आहालेकी सन्ध्या अधिकारीले नवौं स्थानमा दौडा पुरा गर्न सफल भएका थिए । प्रतियोगितामा गुरुङ र अधिकारीलाई नगद २ हजार रुपैयाँ, मेडल, प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

यस्तै, उक्त प्रतियोगिताको महिलातर्फको पाँच किमी दौडमा सशस्त्रकी फूलमती राना प्रथम भएकी छन् । उनले निधारित दूरी १८ मिनेट १६ सेकेण्डमा पार गरेकी थिइन् । उनलाई रु २० हजार, चाँदीको मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

दोस्रो भएकी त्रिभुवन आर्मीकी सुनसरी रोकायाले १८ मिनेट २७ सेकेण्डमा दूरी पार गरिन । उनले नगद रु १० हजार, चाँदीको मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

सशस्त्रकी आशा राउत तेस्रो भइन । उनले निर्धारित दूरी १८ मिनेट ३३ सेकेण्डमा पार गरिन । उनलाई रु पाँच हजार, चाँदीको मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

सशस्त्रकै सीमा चौधरी चौथो भएकी छन् । उनले रु तीन हजार, मेडल र प्रमाणपत्र प्राप्त गरिन । पाँचौँ स्थानमा रहेकी स्मिता बुढाले रु दुइ हजार पाँच सय, मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

यस्तै, छैटौँ स्थानदेखि १०औँ स्थानसम्म रहने क्रमशः अस्मिता भुजेल, वर्षा ओली र लक्षिमा डाँगीले रु एक हजार, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।

मिनी म्याराथनको उपाधि त्रिभुवन आर्मीका पाललाई

रोटरी क्लब अफ रत्ननगरले आयोजना गरेको पुरुष तर्फको रोटरी मिनी म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेशबहादुर पालले हात पारेका छन् । उनले निर्धारित दूरी १५ दशमलव चार किलोमिटरको दूरी ४६ मिनेट ३८ सेकेण्डमा पार गरेका थिए ।

नारायणगढस्थित नारायणी नदी किनारबाट सुरु भएको दौड रत्ननगरको हरिहर मन्दिर पुगेर टुङ्गएिको थियो । पाललाई उपाधिसँगै नगद रु एक लाख, चाँदीको मेडल र प्रमाणपत्रसहित सम्मान गरियो ।

प्रतियोगितामा दोस्रो स्थानमा त्रिभुवन आर्मीकै सञ्जय श्रेष्ठ भए । उनले निर्धारित दूरी ४६ मिनेट ४१ सेकेण्डमा पार गरेका थिए । उनलाई रु ५० हजार, चाँदीको मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

जुम्लाका दुर्गाबहादुर बुढाले ४६ मिनेट ४२ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भएका छन् । उनलाई रु २५ हजार, चाँदीको मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ ।

त्रिभुवन आर्मीका टंक कार्की चौथो र सुवास कार्की पाँचौं भए । उनहरुलाई क्रमशः रु १० हजार र पाँच हजार प्रदान गरिएको छ । छैटौंदेखि १०औं स्थानसम्म क्रमशः नागेश्वर अहिर, प्रेमबहादुर बस्नेत, राजेन्द्र तामाङ, खिमबहादुर खत्री र धनु मानन्धर भएका थिए । उनिहरुलाई जनही रु तीन हजार प्रदान गरिएको छ ।

खुल्लातर्फ चेपाङ समुदायका धावकलाई नगद रु दुइ हजार र महिलातर्फ दूरी पार गर्ने रु एक हजारसहित सम्मान गरिएको थियो । उनीहरुलाई रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रप्रसाद ध्वजुले सम्मान गरे ।

क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्का, कार्यक्रम संयोजक विपिन पोख्रेललगायतले भनाइ राखेका थिए ।

प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी किनारमा गरेकी थिइन् । उनले भरतपुर भ्रमण वर्षलाई टेवा पुर्याउन यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको बताइन ।

प्रतियोगितामा ७६५ धावकले सहभागिता जनाएका थिए । जसमध्ये खुलातर्फ ४९४ जनाको सहभागिता थियो । महिलातर्फ २७१ जनाले सहभागिता जनाए । जसमध्ये खुलातर्फ ६८ र चेपाङ समुदायका धावक र महिलातर्फ ५४ जनाले सहभागिता जनाएको कार्यक्रमका संयोजक पोख्रेलले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker