वरिष्ठ नेता पौडेललाई व्याङ्ग्य गर्दै नेता जोशीले कांग्रेस तनहुँलाई दिए चुनौती
भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जिल्ला भ्रमणलाई लिएर कांग्रेस नेता गोविन्दराज जोशीले व्याङ्ग्य गरेका छन् । नेता जोशीले शुक्रबार वीपी विचार समाज आँवुखैरेनीको प्रथम अधिवेशनमा बोल्दै नेता पौडेलको जिल्ला भ्रमण कार्यक्रमलाई लिएर व्याङ्ग्य गरेका हुन् ।
‘जसले जिल्लामा एउटा योजना दिएको छैन, उसैले योजनाको निरीक्षण गर्ने !’ भन्दै पौडेलको व्याङ्ग्य र आलोचना गरेका हुन् ।
नेता जोशीले दुइ तिहाई बहुमत ल्याएको कांग्रेस अहिले चुनावको लागि कुनपार्टीसँग गठजोड गर्ने भनेर अन्यौलको अवस्थामा पुगेको समेत आरोप लगाएका छन् । ‘यो अवस्था आउनु कांग्रेस नेतृत्व माथि जनताको अविश्वास हो, जुन दुःखद कुरा हो’, उनले भने, ‘आफू र आफ्नो तर्फाट गठन गरिएको वार्ता समुहसँग कुनै वास्ता नगरी एकलौटी ढंगले टिकट वितरण गरेमा हामीले दिने प्रहारको सामाना गर्न कांग्रेस तनहुँलाई चुनौती दिन्छु ।’
यस्तै, नेता जोशीले सत्ता खोज्नेलाई भन्दा सिद्धान्त रोज्नेलाई साथ दिन जनतासँग आग्रह गरेका छन् । गाउँ जागरण अभियान लिएर जिल्ला भ्रमण रहेका नेता जोशीले सत्तलाई होइन सिद्धान्तलाई साथ दिन जनतासंग आग्रह गरेका हुन् ।
पूर्वगृहमन्त्री समेत रहेका जोशीले वीपीको विचार र सिद्धान्त मुटु हो भने नेपाली काँग्रेस पार्टी हातखुट्टा भएको बताउँदै उनले भने, ‘मुटु नचले हातखुट्टा नचल्ले हुँदा यदी म र मेरो समुह वीपीको विचारलाई लिएर चुनावमा जाँदै छ भने तपाई कार्यकर्ताहरुले बीपीको विचार रोज्ने कि नेपाली काँग्रेस रोज्ने यो कुरा निर्णय गर्नु पर्ने समय आएको छ ।’
‘म र मेरो समुह वीपी विचार र सिद्धान्त लिएर चुनावी मैदानमा जाने अठोट गरेका छौं’, उनले भने, ‘नेपाली कांग्ा्रेस पार्टीका नेताहरु सत्तालाई प्राथमिकता दिएर चुनावी मैदानमा जाने गरेका छन् । त्यसैले यो चुनौतीपूर्ण घडीमा सत्तालाई प्राथमिकता दिने नेतालाई हैन कि वीपी विचार, आर्दश र सिद्धान्तलाई अबलम्बन गर्ने नेतालाई साथ दिनु पर्दछ ।’
वीपीका दुइवटा छोराहरु एउटा विचार र अर्को सत्ता भएको उल्लेख गर्दै एउटा छोरा सत्तावाला कांग्रेस निरर्थक भएकोले र विचारको कांग्रेसले विपीको सिद्धान्त बचाउनु परेको नेता जोशीको तर्क थियो ।
यस्तै, उक्त कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गीरबहादुर थापाले गोविन्दराज जोशीलाई स-सम्मान पार्टीमा स्थान नदिई चुनावमा गएमा तीनै तहको चुनाव जित्न नसक्ने बताए ।
कार्यक्रममा वीपी विचार समाज तनहुँका सचिव हरिशरण पण्डित, आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, आँबुखैरेनी गाउँपालिकाका नवनिर्वाचित सभापति प्रित्तम गुरुङ, जिल्ला सहसचिव सोलबहादुर चितौरे, सदस्य शुकुमलाल गुरुङ, क्षेत्र नम्ब्ार १ तनहुँ सभापति केशरबहादुर गुरुङ, आँबुखैरेनी गाउँपालिका-६ का वडाध्यक्ष सुनाराम गुरुङ, २ का अध्यक्ष खडकबहादुर थापा, ५ का अध्यक्ष पञ्चबहादुर गुरुङ लगायतले बोलेका थिए ।
यस्तै, प्रित्तम बहादुर गुरुङको अध्यक्षतामा वीपी विचार समाज आँबुखैरेनी समाज चयन गरिएको छ । समाजको उपसभापतिमा पञ्चबहादुर गुरुङ, सचिव परशुराम मिश्र, कोषाध्यक्ष पूर्णबहादुर मगर चयन भएका छन् भने, सदस्यहरुमा धनवीर गुरुङ, शाल्रि्राम अधिकारी, तेजबहादुर चितौरे, धनबहादुर गुरुङ र तुलसीमाया पन्थ रहेको बताइएको छ ।